खेलकुद

ब्याङ्ककबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

मेचीनगर । थाइल्याण्डको ब्याङ्ककमा भर्खरै सम्पन्न १२ वर्षमुनिको ओपन कराते च्याम्पियनसीपमा सायर भट्टराईले काश्य पदक जित्न सफल भएकी छन् । थाइल्याण्डबाट आइतबार काँकरभिट्टा आएका काश्य पदक विजेता भट्टराईसहित खेलाडी, कोच र रेफ्रीहरुलाई प्रवेशद्वारमा स्वागत गरिएको थियो । थाइल्याण्ड ओपन कराते च्याम्पियनसीपमा १२ वर्ष मुनिको समूहमा खेलेका भट्टराईले काश्य पदक जित्न सफल भएको हात पार्न सफल भएको Read More…

संघ \संस्था

प्रविधिमा फड्को मार्दै काँकरभिट्टा खानेपानी, सञ्चालनमा ल्यायो जीआईएस, वेब साइट र मोवाइल एप्स

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रविधिमा फड्को मार्दै आइतबारबाट जीआईएस, वेब साइट र मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । खानेपानीले दियालो टेक्नोलोजीसँग सम्झौता गरेर सो सो प्रविधि संचालनमा ल्याएको हो । आइतबार खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जीआईएसको नक्सालाई सार्वजनिक गरेर वेब साइटको शुभारम्भ गरे । उद्घाटन पछि Read More…

अर्थ विविध संघ \संस्था

मेचीनगरको पर्यटन क्षेत्र र त्यसको सम्भावना

योगराज आचार्य मेचीनगर । नेपालको सुदूरपूर्वमा रहेको छ, मेचीनगर नगरपालिका । भारतसँगको मुख्य नाका काँकरभिट्टासमेत रहेको यस नगरपालिका सांस्कृतिक विविधता, कृषि, धार्मिक सम्पदा र पर्यटन क्षेत्रको प्रचुर सम्भावनाले भरिपूर्ण छ । नेपालकै ठुलो नगरपालिका मध्येको एक मेचीनगरमा १ लाख ३३ हजार बढी जनसंख्या रहेको छ । पछिल्लो समय सडक सञ्जालको सहज पहुँच, प्रत्येक वडामा प्राथमिक Read More…

शिक्षा

इष्ट होराइजन मेचीनगरकै शैक्षिक गौरव, एसईईमा उच्चतम नतिजा (भिडियो सहित)

मेचीनगर । झापाको मेचीनगर–१० मा रहेको इष्ट होराइजन माविले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उच्चतम नतिजा प्राप्त गर्दै फेरि एकपटक आफूलाई मेचीनगरकै अग्रणी शैक्षिक संस्था सावित गरेको छ। २०८१ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण गराउन सफल इष्ट होराइजन माविले पुनः आफ्नो शैक्षिक विरासत कायम राखेको हो। विद्यालयको तर्फबाट यसपटक एसईईमा १०७ Read More…

संघ \संस्था

काँकरभिट्टाबाट ईभी नेपाल यातायात सञ्चालनमा, अब आरामदायी यात्रा गर्न सहज हुने

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकरभिट्टामा ईभी नेपाल यातायात प्रालिको कार्यालय सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको हो । बैशाख १५ गतेदेखी सेवा सूरु गरेको ईभी नेपालले काँकरभिट्टा–विराटनगर र काँकरभिट्टा–धरान रूटमा ७ वटा ईभी माइक्रोबस सञ्चालनमा ल्याइसकेको छ । योसंगै उक्त रूटमा सर्वसाधारणलाई आरामदायी यात्रा गर्न सहज भएको छ । ईभी नेपाल Read More…

विविध

काेशी प्रदेशकाे पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा राेड साे

काेशी । काेशी प्रदेशकाे समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा राेड साे कार्यक्रमहरु संचालन भइरहेका छन् । प्रदेश सरकारकाे पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयकाे अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूकाे माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएकाे छ । राेड साे कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानकाे विजयपुर, Read More…

शिक्षा

झापा क्लस्टर प्याब्सनद्वारा टिचर्स मोटिभेसन तालिम सम्पन्न

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम प्रदान गरिएको छ । झापा क्लस्टर प्याब्सनको आयोजनामा जिल्ला भरका करिब ८४३ जनालाई टिचर्स मोटिभेसन तालिम दिइएको हो । शनिबार झापाको भद्रपुरमा झापा क्लस्टर प्याब्सनले आफू मातहतमा रहने जिल्ला भरका पन्द्रवटै स्थानीय तहबाट ९१ वटा संस्थागत विद्यालयहरूको सक्रिय सहभागितामा शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम दिइएको छ । Read More…

शिक्षा

एसईईको नतिजा सार्वजनिक, देशभरबाट ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडाैँ । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ Read More…

संघ \संस्था

झापाबाट अवैध लागू औषधसहित १ सवारी साधन र ४ जना पक्राउ

झापा । लागूऔषध (ब्राउन सुगर) सहित एक सवारी साधन र चारजना कारोबारी झापाबाट पक्राउ परेका छन्। प्राप्त गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ बाट बागमती प्रदेशको ०१–०२५च–०८७७ नम्बरको क्रेटा कार रोकी जाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ Read More…

अर्थ

अर्जुनधाराको बजेट ९५ करोड ९ लाख

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि रु ९५ करोड ९ लाख २१ हजारको वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १७ औं नगरसभामार्फत सार्वजनिक बजेटमा भौतिक पूर्वाधारदेखि सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सुशासनलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगर उप–प्रमुख तथा बजेट तर्जुमा समिति संयोजक खड्गमाया पराजुलीले नीति Read More…