खेलकुद शिक्षा

केर्खा पब्लिक स्कुलकि अनन्या जिल्ला प्रथम तथा डेनिसा तृतीय, अब उनीहरूले प्रदेशस्तरीय खेल्ने

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित केर्खा पब्लिक बोर्डिङ स्कुल टेबल टेनिस खेलमा जिल्ला प्रथम भइ प्रदेशस्तरीय प्रतियोगिताका लागि चयन भएको छ । झापा सुरुङ्गास्थित हरिकुल माविमा सम्पन्न जिल्ला स्तरीय छनोट खेलमा जिल्ला प्रथम केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की, दोस्रो एरा एभरग्रिन बुद्धशान्ति कि छात्रा ससा मैनाली र तृतीय केर्खा पब्लिक Read More…

खेलकुद

साफ यु-२० महिला च्याम्पियनसिप : गोलकिपर प्रशिक्षकमा मीन बस्नेत नियुक्त

झापा । साफ यु-२० महिला च्याम्पियनसिप २०२५ काे लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मीन बहादुर बस्नेतलनई गाेलकिपर प्रशिक्षकमा नियुक्ति गरेको छ । आगामी जुलाई ११ देखि २१ गतेसम्म बंगलादेशमा हुने साफ यु-२० महिला च्याम्पियनसिप २०२५ का लागि  एन्फाले नेपाली महिला टोलीलाई प्रशिक्षण गराउन गाेलकिपर प्रशिक्षकमा झापा मेचीनगरका बस्नेतलाई चयन गरेको हो ।  पुर्व Read More…

संघ \संस्था

पुर्वीद्वार सहकारीले पहिलोपटक टिकटक मार्फत वक्तृत्वकला प्रतियोगिता गर्दै

मेचीनगर। झापाको मेचीनगर -१० स्थित पुर्विद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “ आजको बचत नै भविष्यको सुरक्षा हो” भन्ने विषयमा केन्द्रित भइ “खुला टिकटक वक्तृत्वकला प्रतियोगिता” आयोजना गर्ने भएको छ। गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सहकारी संस्थाका अध्यक्ष विपी भट्टराईले जानकारी दिए। संस्थाले सामाजिक सञ्जाल Read More…

संघ \संस्था

राज्यको नीति, कार्यक्रम र बजेटमा उपेक्षा नगर्न तेस्रोलिंगी अधिकारकर्मीको खबरदारी

झापा । लिड नेपालकी कार्यकारी निर्देशक तथा तेस्रोलिंगी मानवअधिकारकर्मी नुमा लिम्बु (चन्चला)ले कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको निरन्तर बहिष्कारप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। “घरले हेला गर्‍यो, समाजले अपहेलना गर्‍यो, अब त राज्यले नै बेवास्ता गर्‍यो भने हामी कहाँ जाने? कसलाई गुहार्ने?” उनले प्रश्न गरिन्। चन्चलाले राज्य संरचनाभित्रको गहिरो Read More…

अर्थ

प्रहरी अधिकृतहरुकै संरक्षणमा अर्वौको हुण्डी कारोबार !

पुजन घिमिरे झापा । केही दिन अघि झापाको धुलाबारीबाट पक्राउ परेका अर्वौ रुपँयाको हुण्डी कारोबारीहरुसँग प्रहरी अधिकृतहरुकै सोझो समबन्ध रहेको फेला परेको छ । मेचीनगर– १० धुलाबारीमा ब्यापारको आवरणमा हुण्डी कारोबार चलाउँदै आएका केही अभियुक्तसँग नेपाल प्रहरीका एसपीसम्मको सोझो सम्बन्ध रहेको पाइएको हो । एकसाता अघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले धुलाबारीमा गिफ्टोरियम नामक पसल Read More…

समाचार

मेचीनगर : आगलागीमा घर जलेर खरानी, समयमा दमकल नपुग्दा स्थानीय आक्रोशित

मेचीनगर। मेचीनगर–९ कमलचोकमा आगलागी हुँदा एक विपन्न परिवारको घर डढेर पूर्णरूपमा ध्वस्त भएको छ। तर, आगो निभाउनुपर्ने जिम्मेवारी बोकेको मेचीनगरको दमकल यथाकाल झैं ढिलो पुग्दा स्थानीय आक्रोशित बनेका छन्। मनिराज अधिकारी र स्वस्तिका अधिकारीको घरमा मंगलबार बिहान करिब ८ः३० बजे अचानक विद्युत सर्ट भई आगलागी सुरु भएको थियो। छानाबाट निस्केको आगोको मुस्लो देखेर स्थानीयले तुरुन्तै Read More…

अर्थ समाचार

भन्सार महशुल तिरेरै नेपाल छिरेका थिए भारतीय कन्टेनर, प्रहरीको हतारोले मच्चियो सनसनी (भिडियो सहित)

झापा । झापाको विर्तामोड–५ बाट आइतबार साँझ नेपाल प्रहरीले भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको समाचार सार्वजनिक भएसँगै व्यापक चर्चा र भ्रम फैलिएको छ। उक्त कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशंकामा प्रहरीले कारबाही गरेको थियो। तर पछिल्लो विवरणअनुसार ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी Read More…

संघ \संस्था

मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण (भिडियो सहित)

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू Read More…

खेलकुद

प्रथम निलसरी च्यालेञ्ज कपः रेडहर्स इलाम च्याम्पियन

मेचीनगर । प्रथम निलसरी च्यालेन्ज कप २०८२ प्रतियोगिताको उपाधि रेडहर्ष इलामले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक युथ जोरसिमललाई पेनाल्टी सुटआउटमा हराउँदै रेडहर्ष इलामले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा रेडहर्ष इलामले आयोजकलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । आयोजकका राज क्षेत्री, अविनाश चौधरीले Read More…

खेलकुद

निलसरी च्यालेन्ज कप: उपाधिका लागि आज आयोजक र रेडहर्स इलाम भिड्दै

मेचीनगर । मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” प्रतियोगिताको उपाधिका लागि आज आयोजक युथ जोरसिमल र रेडहर्ष फुटबल क्लब इलाम बिच प्रतिष्पर्धा हुँदैछ । आयोजक झापा एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने रेडहर्स एफसी इलाम बेलबारी एफसीलाई पराजित गर्दै उपाधि होडमा प्रवेश गरेको थियो । यी दुई टिम बिच Read More…