खेलकुद

सेमिफाइनल समीकरण पुराः बाहुण्डाँगी अन्तिम चारमा

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को अन्तिम चारमा स्थान पक्का गरेको छ । पेनाल्टी सुटआउटमा रथखोला फुटबल एकेडेमीलाई हराउँदै आयोजक सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आयोजकले रथखोलालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । Read More…

संघ \संस्था

सत्ताको पहुँचमा झापा प्रहरी प्रमुखको जिम्मेवारी एसपी लिम्बुलाई !

झापा । विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु झापा आएका छन् । उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । जिल्ला प्रहरी कार्यालय झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका लिम्बु राजनीतिक पहुँचकै कारण प्रहरीको सरुवा मापदण्ड समेत मिचेर झापा आएका हुन् । सरुवा प्रक्रिया सामान्य प्रशासनिक निर्णय भए पनि, लिम्बुको सरुवा राजनीतिक पहुँचको प्रभावमा Read More…

संघ \संस्था

गाैतम समाज कमल, अध्यक्षमा पुनः त्रिलोचन

झापा । आज गाैतम समाज झापा,अन्तर्गत रहेको कमल उपसमितिकाे चुनावी साधारणसभा सम्पन्न भएको छ। हिजो सीतापुरी निवासी बन्धु खेमनाथ गाैतमकाे निवासमा भएको कमल उपसमितिकाे साधारणसभाले पुन: दुई बर्षका लागि त्रिलाेचन गाैतमलाई अध्यक्षकाे जिम्मेवारी सुम्पेको हो। शनिबार सम्पन्न साधारणसभामा गाैतम समाजका केन्द्रीय अध्यक्ष नीतिरमण गाैतम तथा केन्द्रीय सदस्य द्वय सुमन गाैतम र हेमराज उपाध्याय गौतमलगायतका अतिथिहरूको Read More…

खेलकुद

प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपः सिलिगुडीलाई हराउँदै रेडहर्ष इलाम सेमिफाइनल प्रवेश

बाहुण्डाँगी । विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगितामा कञ्चनजंघा एफसी सिलिगुडीलाई १ का विरुद्ध ३ गोलले हराउँदै रेडहर्ष इलाम सेमिफाइनल प्रवेश गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा कञ्चनजंघा एफसी सिलिगुडीले सुरुवाती अग्रता बनाएको Read More…

संघ \संस्था

सिमान्त बाल क्लबको साँस्कृतिक, सचेतना कार्यक्रम सम्पन्न

मेचीनगर । लोकतन्त्र दिवसका अवसरमा मेचीनगर ६ मा रहेको सिमान्त बाल क्लबले साँस्कृतिक र सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मेची किनारमा रहेको (मेची डाँडा)मा आयोजित सो कार्यक्रमले नेपाली सँस्कृतिको संरक्षणसँगै दुव्यर्सनले समाजमा पार्ने प्रभाव र असरका विषयमा समेत चर्चा गरिएको थियो । क्लबका अध्यक्ष मानव पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका Read More…

खेलकुद

प्रथम बाहुण्डाँगी च्यालेन्ज कप बैशाख १३ गतेदेखि, नेपाल र भारतको ८ टिम सहभागी हुने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा यही वैशाख १३ गतेदेखि बाहुण्डाँगी च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। मेचीनगर -४ स्थित सरस्वती माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता बारे आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । क्लबका अनुसार खेलकुद, शिक्षा, स्वास्थ्य, युवा जागरण, बालबालिका तथा सामाजिक चेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित Read More…

समाचार

आज १९औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस Read More…

शिक्षा

एमिटी पब्लिक स्कूलद्वारा सम्मान तथा पुरस्कार वितरण

मेचीनगर । मेचीनगर ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले विद्यालयले विद्यार्थीको क्षमत विकासमा पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालय शिक्षा सहित अतिरिक्त Read More…

धर्म संस्कृती

मन्दिरमाथी संघाई ग्रुपको डोजर, स्थानीय बने आक्रोशित

मेचीनगर । झापाको मेचीनगरमा रहेको पूर्वको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको पातलगङ्गा धामस्थित सनसारी माई मन्दिर सोमबार राति डोजर लगाएर भत्काइएको छ । सार्वजनिक मन्दिर भत्काइएपछि सनसारी माईको सामुहिक पुजाको तयारीमा जुटेका स्थानीय बासिन्दा यतिबेला आक्रोशित बनेका छन्। हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष पातलगङ्गामा जलको कामनाका लागि सनसारी माईको विशेष पूजा गर्ने परम्परा रहेको छ। यही Read More…

राजनीति

प्रेस चौतारी झापाको रचनात्मक प्रयास : प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रस्तुत हुने सम्पादकहरुको प्रतिवद्धता

झापा । प्रेस चौतारी नेपाल झापाले आज एउटा रचनात्मक कार्यक्रमको सुरुवात गरेको छ । छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरी वर्तमानमा ती माध्यमका चुनौती माथि वृहङ्गम छलफल गरेका हुन् । सो कार्यक्रममा सम्पादकहरुले प्रेस स्वतन्त्रता माथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिँदै प्रतिवद्धता पनि सार्वजनिक Read More…