संघ \संस्था

काँकरभिट्टा नाकाबाट सोझैँ आवत–जावत गर्न पाउने

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टामा विदेशी पर्यटक र सर्वसाधारण यात्रुहरुको सहज आवात जावतलाई मध्येनजर गर्दै मेची भन्सार कार्यालयले आजदेखि उत्तरपटिको ढोका बन्द गरेर सोझैँ एशियन हाइवेको बाटो खुल्ला गरेको छ । मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले भारत लगायत विदेशबाट आउने पर्यटक र सर्वसाधारण यात्रुहरुलाई आवात जावतमा समस्या नहोस् भनेर उत्तरपटिको गेट बन्द गरेर सिधै एशियन Read More…

समाचार

मेचीनगरमा बालकलाई अप्राकृतिक मैथुन गर्ने एक पक्राउ

मेचीनगर । ११ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा ११ वर्षीय बालकलाई इलाम माई नगरपालिका-९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरी बस्ने २६ वर्षीय अञ्जन शंकर विकले ललाई फकाई एकान्तमा लगी अप्राकृतिक मैथुन गरेका थिए । पीडितका Read More…

धर्म संस्कृती

आजदेखि नववर्ष २०८२ प्रारम्भ

काठमाडौ‌ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत Read More…

अर्थ राजनीति

एमालेले गर्यो जनजागरण सभाको हिसाब किताब सार्वजनिक, १२ लाख ६५ हजार खर्च

झापा । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास Read More…

समाचार

प्रधानमन्त्री ओलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको शिलान्यास गरेका छन्। नगरपालिकाको वडा नम्बर १ स्थित चौतु चोकमा आज आयोजित कार्यक्रममा अस्पताल भवनको शिलान्यास भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे ।  उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार Read More…

राजनीति

झापाको दमकमा हुने एमालेको जनजागरण सभाको तयारी पुरा

दमक । झापाको दमकमा नेकपा एमालेले गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने भएको छ । भोली चैत ३० गते दमकको पशुहाटमा हुने सभाको प्रचारका लागि आज मोटरसाइकल र्याली गरिएको छ । दमकदेखि शुरु भएको र्याली गौरीगन्जमा गएर टुगिएको थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले कोशी प्रदेशका सबै Read More…

अर्थ संघ \संस्था

मागुरमाडी सहकारीले डुबायो बचतकर्ताको लाखौँ रकम

धुलाबारी । झापा मेचीनगरको मागुरमाडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको लाखौँ रकम जोखिममा परेको छ । सहकारीले बचतकर्ताले जम्मा गरेको लाखौँ रकम फिर्ता गर्न सकेको छैन । उल्टै सहकारी संस्था बन्द गरी सञ्चालक आफ्नै पारामा हिँडिरहेका छन् । बचतकर्ताले जम्मा गरेको करिब ३५÷३६ लाख रुपैयाँ पैसा डुबेको छ । पैसा फिर्ता पाउँ भनी Read More…

संघ \संस्था

जेष्ठ नागरिक मेचीनगर ७ को अध्यक्षमा पुन : पौडेल

इटाभट्टा । जेष्ठ नागरिक वडा समिति मेचीनगर ७ को अध्यक्षमा पिताम्बर शर्मा पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । आज मेचीनगर ७ आनन्द टोलमा संस्थाको पहिलो अधिवेशनबाट पौडेल आगामी ४ वर्षे कार्यकालको लागि पुन अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा अमर परियार, महिला उपाध्यक्षमा मेनुका अधिकारी, सचिवमा रामप्रसाद ढुङ्गेल, सहसचिवमा प्रेमराज गौतम र कोषाध्यक्षमा राजकुमारी Read More…

धर्म संस्कृती

मेचे समुदायको ‘वैशागु वथर’ पर्व भव्य मनाउने तयारी

मेचीनगर । मेचे समाज शिवियारी आफातले आगामी बैशाख ३ गते ‘वैशागु वथर’ पर्वमा नेपाल र भारतका सभामुखलाई एकैठाउँ राखेर भव्य कार्यक्रम गर्ने भएको छ । बुधबार मेचीनगर–११, धाइजन स्थित आफातकै भवन पसिरमा आयोजित पत्रकार सम्मेलनमा भाषा र संस्कृति संरक्षण गर्ने उदेश्यले ‘वैशागु वथर’ पर्व भव्य गर्न लागिएको जानकारी गराएको हो । मेचे समुदायलाई एकजुट गर्ने, Read More…

संघ \संस्था

एनएमसीले तोरीको तेल उत्पादन सुरु गर्‍यो

मेचीनगर । देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो एग्रो फार्म व्यवसाय मार्फत तोरीको तेल प्रशोधन गरी बजारमा ल्याउने भएको छ । बहुउद्देश्यीय प्रकृतिका कारण यसअघि डेरी, एग्रो फार्म, सहकारी पसल, चिया उद्योग तथा प्याकेजिङ उद्योग सञ्चालन गर्दै आएको एनएमसीले व्यवसाय विस्तारका व्रmममा तोरीको तेललाई समेत अगाडि बढाएको Read More…