अर्थ

चालु आवको दोस्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो। यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको Read More…

अर्थ संघ \संस्था

कोशी प्रदेश पर्यटन वर्ष २०८२ : घोषणाको पूर्वसन्ध्यामा सरोकारवालासँग छलफल तीव्र

मेचीनगर । कोशी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित आगामी चैत्र २७ गते ’कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्ने तयारी गरिरहेको छ । सोही सन्दर्भमा, कोशी प्रदेश पर्यटन वर्ष सचिवालयले सरोकारवालासँग छलफल तथा अन्तरक्रियालाई तीव्रता दिएको छ। यसैक्रममा, आज झापाको मेचीनगरस्थित पर्यटन कार्यालय काँकरभिट्टाको संयोजनमा पर्यटन व्यवसायी तथा सम्बन्धित संस्थाहरूसँग एक दिवसीय Read More…

संघ \संस्था

गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता गरेका हुन् ।  Read More…

संघ \संस्था

सहिद विश्वनाथ मार्ग: आजदेखि काँकरभिट्टाबाट कालोपत्रे सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवको योजना सहिद विश्वनाथ मार्गको आजदेखि काँकरभिट्टाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ । विश्व बैंकको आयोजना अन्तरगत नगरपालिकाले काँकरभिट्टाको भट्टराई चोक नजिकदेखि बाहुनडाँगी बजार सम्मको साढे ८ किलोमिटर सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको हो । विगतको सूर्योदय मार्गलाई परिवर्तन गरी सहिद विश्वनाथ घिमिरेको नाममा सहिद विश्वनाथ मार्गको रुपमा Read More…

अर्थ

पूर्वी नाकाबाट प्लाइउड निर्यातमा भारतको अवरोध, ३४ वटा ट्रक पानीटंकीमै रोकिए

झापा । नेपालमा उत्पादित प्लाइउडलाई भारतले दुई सातादेखि भारत निर्यातमा रोक लगाएपछि यतिखेर उद्योगी तथा ब्यवसायीहरु ठूलो मारमा परेका छन् । नेपालबाट प्लाइउड बोकेर भारतीय भूमिमा पुगेका ३४ वटा ट्रकलाई पानीटंकी स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताए ।भारतीय भन्सार कार्यालयले ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको निहुँ बनाएर नेपाली Read More…

संघ \संस्था

बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानीमा त्रिपक्षीय भिडन्त

बाहुनडाँगी । बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ । चैत १६ गते मेचीनगर–२ स्थित युनाइटेड बोर्डिङ स्कुल मेचेडाँगीमा हुने निर्वाचनबाट ३ वर्षे कार्यकालका लागि नेतृत्व चयन हुँदैछ । निर्वाचनमा ३ वटा प्यानलले आफ्‌नो उम्मेद्वारी खडा गरी चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन मिति Read More…

समाचार

हितेन्द्रदेवले सम्हाले विद्युत् प्राधिकरणको नेतृत्व

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा हितेन्द्रदेवलाई दिएको थियो । शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन् । उनलाई हटाएर तत्कालीन सरकारले कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याएको थियो । कुलमानलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले Read More…

खेलकुद

प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुँदै, नेपाल र भारतको १६ टिमले खेल्ने

मेचीनगर। झापाको मेचीनगर नगरपालिका – ८ मा प्रथम मेचीनगर कप टि-१० क्रिकेट प्रतियोगिता हुनेभएको छ। बि एण्ड एस क्रिकेट क्लबको आयोजना तथा मेचीनगर वडा नम्बर – ८ को सहयोगमा यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने र नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने आयोजकले आज पत्रकार भेटघाट मार्फत जानकारी दिएको छ। क्रिकेट Read More…

राजनीति

कुलमान हटाउने सरकारको निर्णयबाट बिच्किए कांग्रेस महामन्त्रीद्वय शर्मा र थापा, भने , ” गलत निर्णय भयो “

झापा । सोमबार राति समान समयमा कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको स्टाटस सामाजिक सञ्जालमा बाहिरिए । महामन्त्रीद्वय शर्मा र थापाको स्टाटसको आसय पनि समान थियोे । स्टाटसमा दुबै महामन्त्री सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । साँझ सरकारले विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि सत्ता साझेदार दल कांग्रेसका Read More…

संघ \संस्था

गणेश पाण्डे प्रेस चौतारीको अध्यक्ष चयन : ९९ सदस्यीय कार्य समितिमा को-को परे ?

काठमाडौं ।  प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन्। विराटनगरमा सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चयन भएको हुन् । समितिको दुई जना उपाध्यक्षमा चेतन Read More…