खेलकुद

आयोजकको भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

भद्रपुर, आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि Read More…

अर्थ संघ \संस्था

‘रिडर्स फेस्टिबल’ को आय-ब्याय सार्वजनिक

मेचीनगर । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले रिडर्स अभियान नेपालले गत मंसिर २७ गतेबाट तीन दिन आयोजना गरेको ‘रिडर्स फेस्टिबल’को आयब्याय सार्वजनिक गरेको छ । नेपालले मंगलबार इटाभट्टामा आयोजित पत्रकारसमक्ष तीन दिनसम्म सम्पन्न गरिएको ‘रिडर्स फेस्टिबल’को हिसाब सार्वजनिक गरेको हो । कार्यक्रममा विभिन्न संघ-संस्था, स्थानीय तहबाट ३ लाख ६९ हजार सात सय रुपैयाँ संकलन भएको र Read More…

संघ \संस्था

ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी, डिपिआर बन्ने

मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ । संघिय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आज गोरखा पत्रमा प्रकाशित सूचनामा डिपिआरका लागि आवहनमा मेचीनगरको मुख्य बजारहरुमा Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप: भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश

भद्रपुर । डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानले झापा–११ एफसीको सामना गर्नेछ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भुटानले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको Read More…

खेलकुद

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

भद्रपुर। काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले Read More…

अर्थ

ज्ञानु प्रसाईको स्मृतिमा प्रेस चौतारीको उपचार कोषलाई ५१ हजार सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गर्नु भएको हो । आज बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । पत्रकार उपचार Read More…

अर्थ खेलकुद

लिम्बुनी ठूली स्मृति कप–२०८१ को आय–व्यय विवरण सार्वजनिक

अर्जुनधारा ।झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित परोपकार युवा समूहको आयोजनामा हालै सम्पन्न भएको लिम्बुनी ठूली स्मृति कप प्रदेशस्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८१को आय–व्यय विवरण शनिबार सार्वजनिक गरिएको छ । स्थानीय कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा समूहका उपाध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समितिका संयोजक सूर्य इम्वुङको अध्यक्षता र प्रतियोगिताका मुख्य प्रायोजक हाल अमेरिकाको रोचेष्टर न्यूयोर्क सिटीमा बसोबास गर्ने बाबी Read More…

खेलकुद राजनीति

नेपाल खेलकुद महासंघ मेचीनगर अध्यक्षमा मदन भण्डारी

मेचीनगर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको मेचीनगर कमिटीको अध्यक्षमा मदन भण्डारी सर्वसम्मत चयन भएका छन् । नेपाल खेलकुल महासंघका स्थायी कमिटी सदस्य चन्द्र प्रसाईको प्रमुख आथित्यतामा एमाले केन्द्रिय कमिटी सदस्य रविन कोईराला एमाले मेचीनगर अघ्यक्ष राजु कार्कीको आतिथ्यमा आज सम्पन्न द्रोस्रो नगर अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नेपाल खेलकुद महासंघको Read More…

मनोरञ्जन

“बालापनको उमेर-२ ” सार्वजनिक, आन्भी र आयंकाको उत्कृष्ट अभिनय

झापा । सुरक्षा बाठा मगरको स्वरमा रहेको नयाँ गीत ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको यो गीत २०१८ मा रिलिज भएको गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो।उक्त समयमा यो गीत गायिका समिक्षा अधिकारीले गाएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो। बालापनको उमेर २ मा बाल Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै झापा ११ सेमिफाइनलमा

झापा । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको Read More…