अर्थ

मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख

झापा । झापाको मेचीनगरमा रहेको पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ। पाँचतारे होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री खड्गप्रसाद पौडेल ‘गणेश’लाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। विपद् बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग Read More…

समाचार

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्रणमा लिएर पुनः भन्सार कार्यालयमा बुझाएपछि झापाका केही व्यापारीले आपत्ति जनाएका छन् । बुधबार साँझ भारतबाट खरिद गरी ल्याइएको सामान मेची भन्सार कार्यालयमा भन्सार गराएर प्रज्ञापनपत्रसहित बिर्तामोडतर्फ ढुवानी गर्ने क्रममा चारआली चोकमा प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएर Read More…

खेलकुद

काँकरभिट्टा मावि र तारापुञ्जको शानदार जित

मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतबार भएका दुई खेलमा काँकरभिट्टा माध्यमिक विद्यालय र तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन् । काँकरभिट्टा खेलमैदानमा भएको पहिलो खेलमा काँकरभिट्टा माविले गंगा मेमोरियल स्कुललाई ४–१ गोल अन्तरले पराजित गर्‍यो । आक्रामक खेल प्रस्तुत गरेको काँकरभिट्टा माविले चार गोल गर्दै खेल आफ्नो Read More…

धर्म संस्कृती

मनसा नागदेवी ४९ धारा धाममा त्रिदिवसीय धार्मिक मेला सम्पन्न

झापा । मेचीनगर–१ स्थित मनसा नागदेवी ४९ धारा धाम तथा हिले सिमसार क्षेत्रमा नागपञ्चमीको अवसरमा आयोजित त्रिदिवसीय धार्मिक मेला सम्पन्न भएको छ । साउन ३० गतेदेखि भदौ १ गतेसम्म सञ्चालन भएको मेलामा मेचीनगरसहित झापाका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा भक्तजन सहभागी भएका थिए । नागदेवीको दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि Read More…

खेलकुद

मेची नेत्रालय अन्तरविद्यालय फुटबल : तेस्रो दिन अरुणोदयको जित, नर्थ पोइन्ट र पशुपतिले अंक बाँडे

झापा । मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबार तेस्रो दिनका दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा अरुणोदय इङ्लिस बोर्डिङ स्कुलले झापा नेशनल स्कुललाई २–१ गोलले पराजित गरेको छ। प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै अरुणोदयले महत्वपूर्ण अंक जोडेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका अरुणोदयका जर्सी नम्बर १० का अर्पन राई ‘म्यान अफ Read More…

खेलकुद

काँकरभिट्टा मावि र तारापुञ्ज विजयी

मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन काँकरभिट्टा माध्यमिक विद्यालय र तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन् । दोस्रो दिनको पहिलो खेलमा काँकरभिट्टा माविले लोफोफरस इङ्लिस बोर्डिङ स्कुललाई ४–० गोल अन्तरले पराजित गर्‍यो । काँकरभिट्टा माविका लागि जर्सी नम्बर ९ का अर्जुन तामाङले उत्कृष्ट प्रदर्शन गरे । उनी Read More…

समाचार

विद्युत कर्मचारीमाथि कुटपिट, दोषीलाई कारबाही नभए आन्दोलनको चेतावनी

झापा । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको भन्दै कर्मचारीहरूले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। धुलाबारी वितरण केन्द्रका अनुसार साउन २८ गते बिहान करिब ११ः३० बजे कार्यालयमा ग्राहकलाई सेवा दिइरहेका कर्मचारी सोमराज उप्रेतीमाथि शेखर ओली नाम गरेका व्यक्तिले Read More…

खेलकुद

काँकरभिट्टामा साउन २९ गतेदेखि अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता

झापा । मेचीनगरमा विद्यालय तहका विद्यार्थी खेलाडीको फुटबल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता यही साउन २९ गते शुक्रबारदेखि मेचीनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु हुने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सूर्योदय इङ्लिस Read More…

धर्म संस्कृती

जागेश्वर शिवालयलाई भारतीको कफी मेकरसहित आवश्यक सामग्री सहयोग

मेचीनगर । झापाको मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरलाई भक्तजनको सेवा–सुविधा विस्तार गर्ने उद्देश्यले इलेक्ट्रोनिक जग (किट्ली) सहित कफी तथा तातो पानी तयार गर्न आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। मन्दिरका संरक्षक एवं समाजसेवी राहुल भारतीले सहयोगस्वरूप उपलब्ध गराउनुभएको सामग्री आज आयोजित एक कार्यक्रमबीच मन्दिर व्यवस्थापन (कार्य) समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा विद्या विकास Read More…

संघ \संस्था

विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालको घरदैलो सचेतनामूलक अभियान

काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सातीघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ। “Trapped Behind the Scam” (ठगीको जालमा नफसौँ) भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित Read More…