काँकरभिट्टा। विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका–७ स्थित सातीघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ। “Trapped Behind the Scam” (ठगीको जालमा नफसौँ) भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित Read More…
Month: July 2026
श्री सिद्धेश्वर शिवालयमा शुक्रबारदेखि ११ दिने श्रावणी धार्मिक महोत्सव हुने, काशीका गुरुद्वारा विशेष गंगा आरती
झापा। झापाको मेचीनगर नगरपालिका वडा नं. १५ र ७ को बीचमा अवस्थित धार्मिक आस्थाको केन्द्र श्री सिद्धेश्वर शिवालयमा श्रावण १५ देखि ११ दिने श्रावणी धार्मिक महोत्सव तथा विशेष अनुष्ठान सुरु हुने भएको छ। श्रावण महिनालाई भगवान शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिने भएकाले हरेक वर्षझैँ यस वर्ष पनि साउन १५ गतेदेखि २५ गतेसम्म विविध धार्मिक Read More…
एन्फालाई स्तब्ध पार्दै एपीएफ सेमिफाइनलमा प्रवेश
मेचीनगर । झापाको काँकरभिट्टामा शनिबारदेखि सुरु भएको प्रथम दीपज्योति काँकरभिट्टा च्यालेन्ज कप फुटबल प्रतियोगितामा एपीएफ पकलीले विजयी सुरुआत गरेको छ। काँकरभिट्टा युवा क्लबको आयोजनामा भएको उद्घाटन खेलमा एपीएफले धरान एन्फा एकेडेमीलाई १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। एपीएफको जितमा श्याम मुर्मुले खेलको ६०औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका मुर्मु Read More…
आम्दा मेची अस्पतालमा एसीसहितको शवगृह बन्ने
मेचीनगर । धुलाबारीस्थित आम्दा मेची अस्पतालमा बातानुकुलित(एसी) सहितको शवगृह बन्ने भएको छ । मेचीनगर–१२ का स्थानीय समाजसेवी राजन चिमरियाको आर्थिक सहयोगमा आम्दा मेची अस्पतालमा एसीसहितको शवगृह बन्ने भएको हो । बिहीबार आम्दा मेची अस्पताल विकास समितिका अध्यक्ष एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको पहिलो वैठकले शवगृह सञ्चालन गर्न कार्यविधि बनाउन ४ जना सदस्य Read More…
झापामा सशस्त्र प्रहरीद्वारा अवैध काठ बरामद
झापा । झापाको कमल गाउँपालिका–५ मा सञ्चालित एक काठ चिरान केन्द्रबाट अवैध रूपमा राखिएको साल र सिसौको काठ बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३८ पाथीभरा रिजर्भ गण मुख्यालय र दमक सब–डिभिजन वन कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा मंगलबार गरेको संयुक्त अनुगमनका क्रममा मेघराज गौतमले सञ्चालन गरेको काठ चिरान केन्द्रबाट ५४ दशमलव Read More…
जागेश्वर शिवालयमा गमला स्थापनाका लागि रु. ६९ हजार ७ सय सहयोग
मेचीनगर । झापाको मेचीनगर–४ स्थित श्री जागेश्वर शिवालय मन्दिरमा गमला स्थापनाका लागि संकलित सहयोग रकम र खर्च विवरण सार्वजनिक गरिएको छ। श्रावण महिनाको पहिलो सोमबारको अवसरमा मन्दिर व्यवस्थापन समितिले दाताहरूको नामावलीसहित आय–व्यय विवरण सार्वजनिक गरेको हो। मन्दिरका सचिव राम गौतमका अनुसार गमला खरिदका लागि विभिन्न दाताबाट कुल रु. ६९ हजार ७ सय संकलन भएको छ। Read More…
अवैध रूपमा भारततर्फ लैजाँदै गरेका गाई र बहर बाछाहरू सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा
झापा। सशस्त्र प्रहरी बल नेपाल, बिओपी पृथ्वीनगरले अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका ६ वटा गाई र बहर बाछा नियन्त्रणमा लिएको छ। सोमबार भद्रपुर नगरपालिका–३ स्थित किच्चकबध सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक मिलन श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका करिब रु. ५० हजार बराबर मूल्यका ६ वटा गाई र बहर Read More…
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
कृष्ण सिंजालीझापा । सन् २०२६ को असारको अन्तिम दिन। भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो। त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन। त्यस पत्रले चार जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभसन्देश बोकेको थियो। पत्रमा चार नाम थिए—मीना विश्वकर्मा (१६) र सीमा मुर्मु (१३),( दुवै झापा) Read More…
सीमाबासीसँग अन्तरक्रिया गर्दै सशस्त्र प्रहरी, थाल्यो सीमा सुरक्षा सुदृढीकरणको पहल
झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सीमा सुरक्षा र स्थानीय समस्याबारे जानकारी लिन ‘सीमाबासीसँग अन्तरक्रिया’ कार्यक्रम सञ्चालन गरेको छ। शुक्रबार मेचीनगर–६ काँकरभिट्टाको गैरी गाउँबाट सुरु भएको कार्यक्रम शनिबार भद्रपुर नगरपालिकास्थित मोहपाल धर्मशालामा सम्पन्न भएको हो। कार्यक्रमको उद्देश्य सीमावर्ती क्षेत्रका नागरिकका गुनासा, सुझाव Read More…
इप्रका काँकरभिट्टाद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
मेचीनगर। इलाका प्रहरी कार्यालय काँकरभिट्टाले शुक्रबार मेचीनगरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। पूर्व मेची बस व्यवसायी संघ प्रालिको सभाहलमा आयोजित कार्यक्रममा पूर्व कोशी प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली प्रमुख अतिथि रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले शान्ति–सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए। सिमावर्ती क्षेत्र भएकाले काँकरभिट्टा आसपास चोरी–पैठारी, अवैध गतिविधि, Read More…










