झापा। सशस्त्र प्रहरी बल नेपाल, बिओपी पृथ्वीनगरले अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका ६ वटा गाई र बहर बाछा नियन्त्रणमा लिएको छ।
सोमबार भद्रपुर नगरपालिका–३ स्थित किच्चकबध सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक मिलन श्रेष्ठको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका करिब रु. ५० हजार बराबर मूल्यका ६ वटा गाई र बहर बाछा नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका गाई र बहर बाछाहरू हाल सशस्त्र प्रहरी बल नेपाल, बिओपी पृथ्वीनगरमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

