संघ \संस्था

प्रदेश नम्बर १ र ५ का विभिन्न स्थानमा बिहानैदेखि विद्युत् बन्द गरिने

काठमाडौं, माघ २४ । आज (शनिबार) बिहानैदेखि प्रदेश १ र ५ का विभिन्न स्थानमा दिनभरजसो विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सटडाउन तालिकाअनुसार प्रदेश ५ र प्रदेश १ का का ३/३ वटा फिडरबाट प्रवाहित विद्युत् अवरुद्ध गरिने भएको हो।

प्राधिकरणका अनुसार प्रदेश १ को धरान फिडरमा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् बन्द गरिनेछ। जसले गर्दा धरान वडा नम्बर १, ३, ४, ५, ६, ८, ९, १०, ११, १३, १४, १५, १६, १७, १८, १९ र २० मा त्यतिन्जेल बत्ती जानेछ।

प्रदेश ५ को नेपालगन्ज वितरण केन्द्रमा दिउँसो १२:३०देखि ४:३० सम्म बिजुली बन्द गरिनेछ। जसका कारण न्युरोड, गणेशपुर, धम्बोझीदेखि सिग्नेट होटलसम्म सानीमा बैंकदेखि बेलासपुरसम्म र खजुरा रोडदेखि पिपल चौतारासम्म विद्युत् आउने छैन।

यस्तै नेपालगन्जकै एयरपोर्ट फिडरमा बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म विद्युत् सटडाउन गरिनेछ। जसले गर्दा त्यतिन्जेल सुर्खेत रोडको पश्चिमी क्षेत्र, करकाडो चोकदेखि राझासम्म बत्ती जानेछ।