देबु बानियाँ
बाहुण्डाँगी, जेठ १६ । एक महिनाको अवधीमा कोरोना रोकथामका लागि अग्रप्रंतिमा रहेर काम गर्ने देशभरका ७२ वटा शाखालाई नेपाल जेसीजले कदर पत्रद्धारा सम्मान गरेको छ ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिंदै गरेको कोरोना भेरियन्ट २ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यसको रोकथाम, उपचारको व्यवस्थापन, खाद्यन्न वितरण, रक्तदान, असायहरुलाई सहयोग, विरामीहरुका लागि अस्पतालसम्म लैजाने काम, अक्सिजन कलेक्सन, स्वास्थ्य सामाग्री वितरण, कोभिड अस्पताल बनाउन सहयोग, सचेतना अभियान सञ्चालन, माक्स, सेनिटाइज वितरणलगायतका क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्ने शाखाहरुलाई सम्मान गरेको हो ।
शाखालाई नेपाल जेसीजले वितरण गरेको कदर पत्रमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारेले भाइरस संक्रमण हुन नदिन नय गरेको परिपत्रलाई अबलम्बन गर्दै नेपाल जेसीजले गरेको परिपत्रका आधारमा निरन्तर काम गर्ने शाखाहरुलाई सम्मान गरेको हो ।

नोट कदर पत्रको नमुना सबै एकै भएकाले नमुनाका रुपमा एउटा मात्र पोष्ट गरिएको छ ।
मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य भन्ने जेसीजको पवित्र आस्थालाई आत्मासाथ गर्दै आफ्नो ज्यानको बाजी राखी स्थानीय प्रशासन तथा स्थानीय सरकारको समन्वयमा काम गर्ने शाखाहरुलाई निरन्तर सेवामा काम गर्ने शाखालाई उर्जा तथा हौषला प्रदान गर्न सम्मान गरिएको नेपाल जेसीजका अध्यक्ष सिनेटर अरुणेश्वर खनालले बताउनु भयो । “देशभरका शाखाहरु निरन्तर कोभिड परास्त गर्न आ आफ्नो क्षेत्रबाट काम गरिरहनु भएको छ’–अध्यक्ष खनालले भन्नु भयो–“देशलाई जुन जुन समय अफ्ठ्यारो अवस्था आउँछ त्यो समय अग्रपंक्तिमा जेसीजका युवाहरु सडकमा हुन्छन्, २०७२ कोे महाभूकम्प होस या हरेक वर्ष आउनु बाढी पहिरो जुनसुकै अवस्थामा जेसीजका युवाहरुले अग्रपंक्तिमा रहेर काम गरेका छन् ।’ अध्यक्ष खनालले पहिलो चरणमा सकेसम्म सबै शाखालाई नछुटाई सम्मान गरिएको र फेरी अर्काे चरणमा पनि यसरी नै सम्मान गर्दै जाने बताउनु भयो । साथै उहाँले अहिले इमेल मार्फत कदर पत्र शाखालाई पठाएको भए पनि पछि विशेष कार्यक्रममा कदर पत्रले सम्मान गरिने बताउनु भयो ।
सम्मानित हुने शाखाहरुमा एरिया ए बाट १७, एरिया बि बाट २३, एरिया सि बाट १३ र एरिया डि बाट १९ वटा शाखा सम्मानित भएका राष्ट्रिय महासचिव सिनेटर विकास मानान्धरले बताउनु भयो ।
सम्मानित हुने शाखा र शाखा अध्यक्षहरुको नाम तल प्रस्तुत गरिएको छ ।
एरिया ए
१. वीरता लेडी जेसीज, अध्यक्ष– स्वस्तीका आचार्य
२. वीरता जेसीज, अध्यक्ष– राजिब धिमाल
३.बुधवारे जेसीज, अध्यक्ष– अनिल वाग्ले
४. दमक जेसीज, अध्यक्ष– सुयोग खरेल
५.धनकुटा लेडी जेसीज, अध्यक्ष– बिसिका श्रेष्ठ
६. धरान जेसीज, अध्यक्ष– मनिराज अधिकारी
७. गछिया जेसीज, अध्यक्ष– रविन सिटौला
८. इन्द्रपुर जेसीज, अध्यक्ष– कृष्णप्रसाद ओझा
९. इटहरी लेडी जेसीज, अध्यक्ष– गिता सिुवेदी
१०. कमलनगर जेसीज, अध्यक्ष– छत्रपति खनाल
११. मेचीनगर लेडी जेसीज, अध्यक्ष–शुसिला खतिवडा
१२. सताक्षीधाम जेसीज, अध्यक्ष– कमल सेन्चुरी
१३. सुरुङ्गा जेसीज, अध्यक्ष– उषा यदुका उप्रेती
१४. उर्लावारी जेसीज, अध्यक्ष– अशोक धिमाल
१५. प्रस्तावित बाह्रदशी जेसीज, अध्यक्ष– बिगम श्रेष्ठ
१६. इटहरी जेसीज, अध्यक्ष– प्रकाश राई
१७. उदयपुर जेसीज, अध्यक्ष–शर्मिला थापा (सबु)
एरिया बि
१. भिरकोट जेसीज, अध्यक्ष– प्रशुन्न मगर
२. बिरगञ्ज जेसीज, अध्यक्ष– रञ्जन रावत
३. बिसहजार जेसीज, अध्यक्ष–सुबहु पण्डित
४. गितानगर जेसीज, अध्यक्ष–अर्जुन पौडल
५. गोरखा जेसीज, अध्यक्ष– प्रविन बस्नेत
६. हेटौँडा लेडी जेसीज, अध्यक्ष–प्रतिमा श्रेष्ठ
७. कालिका जेसीज, अध्यक्ष–सन्देश रेग्मी
८. लालबन्दी जेसीज, अध्यक्ष–श्याम खड्का
९. लमजुङ जेसीज, अध्यक्ष– बिकास श्रेष्ठ
१०. माडी जेसीज, अध्यक्ष–कृष्णहरि अधिकारी
११. नारायणगढ लेडी जेसीज, अध्यक्ष–सम्झना प्रधान
१२. नारायणगढ जेसीज, अध्यक्ष–बासुदेव दवाडी
१३. पर्सा खैरहनी जेसीज, अध्यक्ष–रमेश पराजुली
१४. पोखरा लेडी जेसीज, अध्यक्ष–कमला शर्मा कडेँल
१५. राप्ती जेसीज, अध्यक्ष– दिनेश सेडाई
१६. रत्ननगर जेसीज, अध्यक्ष–हेमराज आचार्य
१७. सौराह लेडी जेसीज, अध्यक्ष–बबिता चौधरी
१८.सौराह जेसीज, अध्यक्ष–बिष्णु थापा
१९. शारदानगर जेसीज, अध्यक्ष–इन्द्रलाल श्रेष्ठ
२० ब्यासनगर जेसीज, अध्यक्ष– लक्ष्मीभक्त खनाल
२१. वालिङ जेसीज, अध्यक्ष–विश्वास लम्साल
२२. हेटौडा जेसीज, अध्यक्ष–लिसेन बस्नेत
२३. पोखरा जेसीज, अध्यक्ष–ई. किरण केसी
एरिया सि
१. बालाजु जेसीज, अध्यक्ष– दिपेन्द्र भट्टराई
२. बुढानिलकण्ठ जेसीज, अध्यक्ष– लिपसा श्रेष्ठ
३. कपन जेसीज, अध्यक्ष–नवोराज बन
४. काभ्रे जेसीज, अध्यक्ष–सुवास बैद्य
५. किर्तीपुर जेसीज, अध्यक्ष–आशिस सिंह
६. लुभु जेसीज, अध्यक्ष–सुलोचना श्रेष्ठ
७. मनोहरा जेसीज, अध्यक्ष–सागर रोक्का
८. नाल्दुम नगरकोट जेसीज, अध्यक्ष–आशा देवान श्रेष्ठ
९. रामेछाप जेसीज, अध्यक्ष– जीवन कार्की
१०. साँखु जेसीज, अध्यक्ष– सुजन श्रेष्ठ
११. सिन्धुपाल्चोक जेसीज, अध्यक्ष– श्रमनि राज शर्मा
१२. प्रस्तावित खाँडादेवी जेसीज, अध्यक्ष– होमराज श्रेष्ठ
१३. प्रस्तावित पाँचखाल जेसीज, अध्यक्ष–चिरञ्जिबी आचार्य (दिलिप)
एरिया डि
१. सिद्धार्थ जेसीज, अध्यक्ष–गोपाल ज्ञवाली
२. कपिलवस्तु जेसीज, अध्यक्ष– भिमकान्त भट्टराई
३. डडेलधुरा जेसीज, अध्यक्ष–गोबिन्द बोहरा
४. त्रिभूवननगर जेसीज, अध्यक्ष–मुकेश्वर शर्मा
५. तुलसीपुरनगर जेसीज, अध्यक्ष–नेत्रलाल भट्टराई (नारायण)
६. देवचुली जेसीज, अध्यक्ष–निलकण्ठ पोखरेल
७. धनगढी लेडी जेसीज, अध्यक्ष–निर्मला श्रेष्ठ
८. कञ्चन जेसीज, अध्यक्ष–राधिका चौधरी
९. कोहोलपुर जेसीज, अध्यक्ष–रामप्रसाद पाण्डे
१०. लमही जेसीज, अध्यक्ष–दुलमदास चौधरी
११. लम्की लेडी जेसीज, अध्यक्ष–दुर्गा गुरुङ
१२. लम्की जेसीज, अध्यक्ष–घनश्याम डाँगी
१३. पाल्पा जेसीज, अध्यक्ष– राजिब श्रेष्ठ
१४. रामग्राम लेडी जेसीज, अध्यक्ष–पुष्पा लामा
१५. रामग्राम जेसीज, अध्यक्ष–चन्द्रमणी चौधरी
१६. रामनगर जेसीज, अध्यक्ष–देबी कडेँल
१७. सल्यान जेसीज, अध्यक्ष– मोहन सारु मगर
१८. सुनवल जेसीज, अध्यक्ष– बासुदेव पौडेल
१९. सुर्खेत लेडी जेसीज, अध्यक्ष– लक्ष्मी गुरुङ

