बाहुण्डाँगी । लेखनाथ जेसीजको बक्तृत्वकला प्रतियोगिताको उपाधी सत्यवति मावि दमौलि तनहुँका गौरव सापकोटा जितेका छन् । उनले ९ जना आफ्ना प्रतिस्पधीलाई पछि पार्दै उपाधी जितेका हुन् । लेखनाथ जेसीजको जारी जेसीज सप्ताह अन्तर्गत पाँचौ दिनको कार्यक्रममा विद्यालय स्तरीय वक्तृत्वकला सम्पन्न भएको थियो ।
शैक्षिक क्षेत्रमा कोरोनाको प्रभाव विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा प्रथम, न्यू लेखनाथ पब्लिक एकेडेमी, लेखनाथ, कास्कीका विवेक अधिकारी द्धितीय र डायमण्ड मावि लेखनाथ कास्कीकै अनुसा लामिछाने तृतिय हुन सफल भएका छन ।
विजेता विद्यार्थीहरुलाई सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन १६ गते बुधबार पुरस्कार वितरण गरिने क्लवले जनाएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै जुम एप्लीकेशनको माध्यमबाट आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गर्र्दै प्रमुख अतिथी नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाईले विद्यार्थीहरुको नेतृत्वविकासको लागि यस्ता कार्यक्रम उपयुक्त हुने वताउँदै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरेका थिए ।
यस्तै क्लवका पुर्वअध्यक्ष नविन प्रसाद बाँस्तोलाले कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा गम्भिर प्रभाव परेको वताउँदै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने र उपयुक्त विकल्पको खोजी हुनुपर्ने वताएका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा नेपाल जेसीजका उपाध्यक्ष दिपेन्द्र निरौला, क्लवका पुर्वअध्यक्षहरु ऋषिराम जमरकट्टेल र अर्जुन ओझा रहेका थिए ।
क्लवका अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक कृष्ण तिवारीले जेसिज कार्यक्रमका उद्धेश्यमाथी प्रकाश पारेका थिए भने स्वागत कार्यक्रमका संयोजक मनोज बराल, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चिरञ्जीवी न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगानाले गरेका थिए ।
क्लवले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत कारोना महामारिको बेला विभिन्न अस्पतालहरुमा भएको रगतको अभावलाई ध्यानमा राख्दै मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको र रक्तदान गर्न ईच्छुक महानुभावहरुलाई पोखरा–२६ कालिकाचोकमा उपस्थीत भई रक्तदान गरिदिनको लागी पनि अनुरोध गरेको छ ।

