समाचार

जापानका राजाले आज राजगद्धी त्याग्दै

एजेन्सी, बैशाख १७ । जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् ।

जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर र प्रतिकुल स्वास्थका कारण राजगद्धि त्याग्न लागेको जापानी संसदले जनाएको छ । ८५ बर्षीय यी राजाले राजगद्धी त्याग गरेसंगै भोली जापानले नयाँ राजा पाउँनेछ । यसपछि अब ५९ वर्षिय नरुहितोले राजगद्धी सम्हाल्नेछन् । भोली उनलाई औपचारिकरुपमा राजा घोषित गरिनेछ ।

नयाँ राजा बन्ने तयारीमा रहेका नरुहितो बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट दिक्षित हुन् । २८ वर्षको उमेरमा उनी युवराजधिराज बनेको थिए । जापानमा राजसंस्थाको राजनीतिमा कुनैपनि भूमिका छैन । तर जापानी इतिहासमा राजसंस्था एउटा ठूलो प्रतिकका रुपमा रहँदै आएको छ । जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो राजसंस्था हो । यसलाई २६ सय १८ वर्ष पुरानो मानिँदै आएको छ । यता नयाँ राजा घोषणा हुने अवसरलाई जापानले चाडकै रुपमा मनाउने भएको छ । सोहीकारण १० दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ । जापानी सरकारले आफ्ना जनतालाई यस अवसरलाई एउटा उत्सवको रुपमा मनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.