संघ \संस्था

धनगढी जेसीजको सप्ताहमा स्वास्थ्य शिविर सम्पन्न

बाहुण्डाँगी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निशूल्क स्वास्थ्य शिविर गरिएको छ ।

धनगढी जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत छैठौं दिन सो शिविर गरिएको हो ।
धनगढी जेसिज अध्यक्ष कमलराज पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा सेती प्रादेशिक अस्पतालका डाक्टर खगेन्द्र बम प्रमुख अतिथि रहेको थिए ।

सो शिविरबाट दुई सय जनाले सेवा लिएको जनाइएको छ । उनीहरुलाई निशूल्क औषधी तथा रगत परिक्षण गरिएको कार्यक्रम संयोजक दीपक गौतमले बताए ।