संघ \संस्था

अब लाइसेन्सको अनलाइन आवेदन राति मात्रै भर्न पाइने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको हो । विभागले दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो ।

यातायात व्यवस्था विभागले प्रणालीलाई बलियो बनाएर केही दिनपछि फेरि २४ घण्टा नै खोल्न मिल्ने बनाउने जानकारी दिएको छ । विभागका अनुसार अहिलेसम्म करिब ७ लाखले लाइसेन्सका लागि आवेदन फारम भरेर परीक्षा कुरिरहेका छन् ।