बाहुण्डाँगी । भारतको नक्सलमा जारी फुटवल प्रतियोगितामा बाहुण्डाँगी युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार सम्पन्न सेमीफाइन खेलमा भारतको कलकतालाई ० का विरुद्ध ३ गोल गर्दै बाहुण्डाँगी फाइनलमा प्रवेश गरेको हो ।
नक्सलबारी युथको तत्त्वावधानमा आयोजित द्विजेन्द्र प्रसाद भौमिक स्मृति विनर्स ट्रफी र केशव चन्द्र घोष स्मृति रनर्स अप् ट्रफी तथा उषा रानी सरकार स्मृति फेयर प्ले ट्रफी नक्आउट फूटबल टुर्नामेण्टमा बीवाईसीले कलकत्ताको मिलन समितिलाई हराउँदै बाहुण्डाँगी फाइनल प्रवेश गरेको हो ।

जितका लागि बाहुण्डाँगीका कर्ण लिम्बूले १ र पुजन राईले २ गोल गरेका थिए । नक्सलबारीको निखिल स्मृति मैदानमा भएको खेलमा म्याचको दोस्रो हाफमा बीवाईसीका पूजन लिम्बु र मिलन समितिका शाकिल मुल्लालाई रातो कार्ड देखाइयो। बीवाईसी नेपालका अनुभवी फूटबलर कर्ण लिम्बुलाई प्लेयर अव् द म्याच प्रदान गरियो। आजको विजेता बीवाईसी नेपालले आइतवार हुने फाइनलमा ईष्ट बेंगल जूनियर, राजगञ्जको चुनौती सामना गर्ने बाहुण्डाँगीका कोच आदित्य कार्कीले बताए ।



