समाचार

प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा

झापा । पार्टी केन्द्रले प्रदेश सांसद उम्मेदवार बन्न गरिएको आग्रहलाई एमाले केन्द्रीय सदस्य रविन कोइरालाले अस्वीकार गरेका छन् ।

संघीय सांसदका लागि क्षेत्र नं.१ बाट एकल नाम सिफारिस भएका कोइरालालाई पाखा लगाउँदै स्थायी कमिटी सदस्य अग्नि खरेललाई केन्द्रले उम्मेदवार बनाएको छ । सोको प्रतिवाद गर्दै कोइरालाले आफू सहमत नरहेको बताएको हो ।
a
कोइरालाले यसअघि दोस्रो संविधान सभाको निर्वाचनमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका व्यक्ति हुन् । यसपालि पनि गठबन्धनबाट काँग्रेस महामन्त्री शर्मा नै क्षेत्र नं.१ बाट उम्मेद्वारी दिने भएका छन् तर, एमालेले भने, शर्मालाई हराएका कोइरालालाई पाखा लगाउर्दै विर्तामोडका अग्नी खरेललाई संघमा उम्मेद्वारी उठाउने तयारी गरेको छ ।