खेलकुद

लिचेलाई पराजित गर्दै इन्टरको सुखद सुरुवात

काठमाण्डौं, भाद्र १० । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सुखद सुरुवात गरेको छ । मंगलबार राति भएको सिजनको पहिलो खेलमा लिचेलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मार्सेलो ब्रोजोभिक, स्टेफानो सेन्सी, रोमेलु लुकाकु र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गरे । १० खेलाडीमा सिमित लिचेविरुद्ध इन्टरले २१ औं मिनेटमा ब्रोजोभिकको गोलबाट अग्रता बनाएको थियो । २४ औं मिनेटमा सेन्सीले गोल गर्दै इन्टरको अग्रता २–० को बनाए ।
खेलको ६० औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरको अग्रता तेब्बर बनाए । लुकाकुले डेब्यु खेलमै गोल गरेका हुन् । उनी यसै सिजन म्यानचेस्टर युनाईटेडबाट क्लब आएका हुन् ।खेलको ७६ औं मिनेटमा डिगो फारिअसले रातो कार्ड पाएपछि लिचे १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ८४ औं मिनेटमा एन्टोनियोले गोल गर्दै इन्टरलाई ४-० को जित दिलाए । जितसँगै इन्टरले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published.