ईलाम , कात्तिक २३ । जनचेतना कृषि सहकारी ंसंस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रको उद्घाटन प्रमुख अतिथि रेडक्रस ईकाइ सभापती रामप्रसाद दहालले गरेका थिए ।
चुलाचुली स्थित रेडक्रस सभाहलमा शुक्रबार आयोजित बार्षिक साधारणसभा कार्यक्रमको अवसरमा संस्थाले असल ऋणी तथा उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको थियो । साथै संस्थाले अगुवा कृषकलाई पनि सम्मान गरेको छ ।
वि.स २०७३ सालमा स्थापना भएर आफ्नो कार्य अगाडी बढाएको संस्थाको शेयर सदस्य संख्या ७५ पुगेको छ । संस्थाको कुल पुँजी २२ लाख ६८ हजार ८ सय १२ रुपैया रहेको छ । शेयर पुँजी ९ लाख ५१ हजार १ सय रहेको छ । संस्थाको जगेडा तथा अन्य कोष ४ लाख १५ हजार ७ सय ७५ रुपैया रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष खड्क कुमार न्यौपानेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत त्रिलोचन गौतम र सञ्चालन संस्थाका व्यवस्थापक सुरेन्द्र भट्टराईले गरेका थिए ।

