समाचार

चिनियाँ संचारमाध्यमले सगरमाथा चीनमा पर्ने विवादास्पद सूचना सच्यायो

काठमाडौँ, वैशाख २८ । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ ।

यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

उक्त पोस्टबारे सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि आइतबार सिजिटिएनले सूचना सच्याएर सगरमाथा चीन–नेपालको सीमामा पर्ने भनी ट्वीट गरेको छ ।

चिनियाँ संचारमाध्यमले सगरमाथा चीनमा पर्ने उल्लेख गरेका कारण सामाजिक संजालमा विरोध भएपछि उक्त ट्वीट सच्याएको छ ।

चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क नामक समाचार च्यानलले मे २ मा ट्वीटरमा एक फोटो सार्वजनिक गर्दै सगरमाथा चीनमा पर्ने जनाएको थियो ।

Leave a Reply

Your email address will not be published.