समाचार

थप १३ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं, बैशाख २९ । नेपालमा थप १३ जान मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज बिहान मात्रै कपिलवस्तुमा १० र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएपछि पुरै जिल्ला सिल गरिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । जसमध्ये ३३ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.