झापा, असार १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगर–४ वडा कमिटिले मेचीनगर नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परिक्षण गर्न सोमबार मेचीनगर कार्यालयमा नै पुगेर नगर प्रमुख विमल आचार्यलाई सो पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज खड्का र सचिव प्रविण भण्डारीले संयूक्त रुपमा हस्ताक्षर गरेको छन् ।

कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि मेचीनगरले सहज रुपमा यथाशिघ्र कोरोनाको परिक्षण गरी नागरिकलाई कोरोना संक्रमण त्रासबाट मुक्त गर्नु पर्ने भन्दै नेकपा) मेचीनगर–४ वडा कमिटिले ध्यानाकर्षण पत्र बुझाएको नेकपा मेचीनगर–४ का सचिव प्रविण भण्डारीले जानकारी दिए ।

उनका अनुसार मेचीनगर ४ मा एक जना कोरोना संक्रमण पुष्टि भएसंगै क्वारेन्टिनमा बसेका नागरिकहरुमा मानसिक त्रास फैलने भन्दै यसलाई रोक्न पनि परिक्षण चाडो गर्नु पर्ने बताए ।


