धर्म संस्कृती

आज उँधौली पर्व मनाइदैं

काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन्। लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन शुरु गरेका थिए। यो पर्वको पहिलो दिन थियो। आज संयुक्त रूपमा यस Read More…

शिक्षा संघ \संस्था

केर्खा पब्लिक स्काउट दलको पहिलो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

झापा । कमल केर्खा पब्लिक स्कुलमा सञ्चालित केर्खा पब्लिक स्काउट दलको प्रथम दीक्षान्त समारोह मंगलबार एक विशेष आयोजनासहित सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका स्थानीय प्रमुख आयुक्त गुणराज गिरी रहेका थिए। सो समारोहमा कोशी प्रदेश स्काउट परिषदका सदस्य माया सिवाकोटी, प्याब्सन कमल अध्यक्ष दिपक संग्रौला, एडभान्स स्काउटर मात्रिका सुबेदी, ज्योति मा.वि.का स्काउट मास्टर Read More…

संघ \संस्था

आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर –७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित किरात याक्थुङ् चुम्लुङ्को सभाहलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर— ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । गाउँमा छरिएर रहेको साना – साना पुँजीहरुलाई एकीकृत गरेर सदस्यहरुको जीवन स्तर उकास्ने Read More…

अर्थ

मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा सुरु

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा सुरु भएको छ । मेचीनगर – ७ मा मुख्य कार्यालय रहेको सहकारीले बुधबार आजबाट क्षेत्रगत रुपमा साधारण सभा सुरु गरेको हो । सहकारीले बुधबार मेचीनगर –२ भृकुटी स्थित ज्येष्ठ नागरिकको सभाहलमा साधारण सभा गरेर क्षेत्रगत साधारण सभाको शुभारम्भ गरेको छ । सो कार्यक्रममा Read More…

समाचार

मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार (आज)सम्म तोकिएको थियो ।