शिक्षा

विद्यार्थीको प्रतिभाले सजियो पशुपति अंग्रेजी मावि, अभिभावक उत्साहित

मेचीनगर । मेचीनगर–६ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयमा बुधबार विद्यार्थीहरूको सीप, कला र सृजनात्मक क्षमताको प्रदर्शनी सम्पन्न भएको छ । सिनियर तहका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीमा पर्यावरण, संस्कार र संस्कृति, विज्ञान, गणित, नेपाली भाषा, चित्रकला तथा हस्तकलासँग सम्बन्धित सामग्री प्रदर्शन गरिएको थियो । विद्यार्थीहरूले धरहरा, विश्वनाथ बाबाको मन्दिर, मिनी माउन्टेन, पर्यटकीय तथा धार्मिक Read More…

खेलकुद

छैटौं वडा स्तरीय फुटबल; विर्तामोड वडा नं. ३ क्वाटरफाइनलमा प्रवेश

बिर्तामोड । बिर्तामोडमा जारी छैटौं वडा स्तरीय फुटबल प्रतियोगिताको शनिबार भएको खेलबाट वडा नं. ३ क्वाटरफाइनलमा प्रवेश गरेको छ । वडा नं. ३ ले वडा न ८ लाई ८–१ गोल अन्तरले पराजित गर्यो । वडा नं. ३ का लागि आशिष चापागाईंले ह्याट्रिकसहित ५ सन्तोष राईले १ र प्रयास बुढाथोकीले २ गोल गरे । वडा नं. Read More…

खेलकुद संघ \संस्था

मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडियाकप’ हुने

काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उदेश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम Read More…

संघ \संस्था

साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रको एकाईगत साधारण सभा सम्पन्न

इटाभट्टा । साहारा नेपाल साकोसले एकाईगत साधारण सभालाई तीब्रता दिएको छ । सहकारीले एकाईगत साधारण सभा अन्तर्गत मंगलबार इटाभट्टा सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । मेचीनगर –८ स्थित किरात याक्थुङ् चुम्लुङको सभाहलमा आयोजित साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ शान्तिराम Read More…

संघ \संस्था

प्याब्सन मेचीनगर : विद्यालय टाढिँदै गए, उद्देश्य चुक्यो

मेचीनगर । विद्यालयहरूलाई एकताबद्ध गर्दै विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्याब्सन मेचीनगरको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता अधिकांश विद्यालयको सहभागिताविना सम्पन्न हुँदा कार्यक्रमले आफ्नो मूल उद्देश्य नै गुमाएको देखिएको छ । विद्यालयहरू क्रमशः टाढिँदै जाँदा कार्यक्रम औपचारिकतामै सीमित बनेको सरोकारवालाहरूले बताएका छन् । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारदेखि धुलाबारीस्थित पासाङल्हामु जेसीज प्रतिष्ठानको Read More…

संघ \संस्था

बिन्ती साकोसको १७ औँ साधारण सभा सम्पन्न, सदस्यहरु सम्मानित

मेचीनगर । श्री बिन्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित कञ्चनजंघा आधारभूत विद्यालयको सभाहलमा माइन्यूट प्रमाणिकरणसहित साधारणसभा सम्पन्न गरिएको हो । संस्थाले यसअघि सतिघट्टा, श्रृजनाचोक, नकलबन्दा र टोकला बगान क्षेत्रमा इकाई साधारणसभा सम्पन्न गरिएको थियो । संस्थाका अध्यक्ष विकेन्द्रकुमार धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बचत तथा ऋण सहकारी संघ कोशीका Read More…

शिक्षा संघ \संस्था

एन प्याब्सनको झापाको अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी, आज एमिटीमा दौड, लमजम र हाइजम सम्पन्न

मेचीनगर । एन प्याब्सन झापाको आयोजना शनिबारबाट सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर –६ स्थित एमिटी पब्लिक स्कूलमा एकसय मिटर दौड तथा हाइजम र लमजम प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा जिल्लाका तीन वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीनवटै विद्यामा छात्र –छात्राहरुबीच प्रतिष्पर्धा भएको थियो । आयोजकले एकसय मिटरको दौड प्रतियोगिता Read More…

संघ \संस्था

जेनजी आन्दोलनमा क्षतिग्रस्त दमक प्रहरी समिक्षालय भवन पुनःनिर्माण पश्चात् सञ्चालनमा

दमक । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय दमकअन्तर्गतको समिक्षालय भवन पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ। स्थानीय शैक्षिक परामर्श व्यवसायीहरूले करिब ६ लाख रुपैयाँ सहयोग जुटाएपछि सो भवनको पुनर्निर्माण सम्भव भएको हो। दमक उद्योग वाणिज्य संघको सक्रिय पहलमा यस क्षेत्रका व्यवसायी तथा सहयोगी दाताहरूलाई समेटेर प्रहरी कार्यालय पुनर्निर्माण अभियान सञ्चालन गरिएको थियो। Read More…

धर्म संस्कृती

आज उँधौली पर्व मनाइदैं

काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन्। लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन शुरु गरेका थिए। यो पर्वको पहिलो दिन थियो। आज संयुक्त रूपमा यस Read More…

शिक्षा संघ \संस्था

केर्खा पब्लिक स्काउट दलको पहिलो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

झापा । कमल केर्खा पब्लिक स्कुलमा सञ्चालित केर्खा पब्लिक स्काउट दलको प्रथम दीक्षान्त समारोह मंगलबार एक विशेष आयोजनासहित सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका स्थानीय प्रमुख आयुक्त गुणराज गिरी रहेका थिए। सो समारोहमा कोशी प्रदेश स्काउट परिषदका सदस्य माया सिवाकोटी, प्याब्सन कमल अध्यक्ष दिपक संग्रौला, एडभान्स स्काउटर मात्रिका सुबेदी, ज्योति मा.वि.का स्काउट मास्टर Read More…