विचार

बाहुण्डाँगीबाट सुरु भएको सहस्तित्वको सन्देश हात्तीको पीडाबाट मानवताको परिकल्पना तर्फ

कहिल्यै नबिर्सिने त्यो रात… अर्जुनकुमार कार्की जब वनहरू मासिँदै गए खेतबारी हरू रूपान्तरित हुँदै गए झापाको बाहुनडाँगीमा अँध्यारो रातमा हात्ती पस्न थाल्यो। उनीहरूको खाने आधारहरू सबै मानिसले नै नष्ट गर्दै गएपछि ऊ अन्तत मानिससँगै मिलेर हुन्छ कि जुदेर बाँच्न चाहन्छ र आफ्नो पेटको लागि जस्तोसुकै सङ्घर्ष गर्न तयार हुन्छ। जङ्गलमा खान नपाएपछि उ मानव बस्तीतिर Read More…

धर्म संस्कृती

‘कृष्णथुक्की’ मा रथयात्रा सहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाउँने तयारी

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्ण थुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण Read More…

संघ \संस्था

अग्रज पत्रकार दाहालले सुनाए नयाँ पुस्ताका पत्रकारलाई अनुभव

बिर्तामोड । झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो पेशागत अनुभव र प्रेरणादायी भोगाईहरु नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाउनु भएको छ ।  प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रम अन्तर्गत आइतबार उहाँले पत्रकारिता यात्राको सुरुदेखिका जीवन भोगाईहरु सुनाउनु भएको हो । चौतारीको झापा शाखाले गत वैशाखदेखि ‘अग्रजलाई सुनौं’ कार्यक्रमको श्रृंखला चलाउँदै आएको छ । अग्रज Read More…

धर्म संस्कृती

४९ धारा मनसा नागदेवीमा तीन दिवसीय भव्य धार्मिक महोत्सव: अनौठो माछाबाट सुरु भएको आस्थाको यात्रा आज पर्यटकीय स्थलमा परिणत

मेचीनगर । मेचीनगर–१ स्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ४९ धारा मनसा नागदेवी हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। आयोजक समितिका अनुसार साउन ११ गतेदेखि १३ गतेसम्म विशेष धार्मिक, सांस्कृतिक तथा पूजाआर्जनात्मक कार्यक्रमहरू हुनेछन्। मच्छ्य देवता र नाग देवताको वासस्थलको रूपमा मानिने यस क्षेत्रमा प्रत्येक वर्ष Read More…

संघ \संस्था

`डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार´ पत्रकार उद्दव पुरीलाई प्रदान

झापा । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको `डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार´ पत्रकार उद्दव पुरीलाई प्रदान गरेको छ । प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको `डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार´ वितरण समारोहबीच दुईदशक यता कृयाशिल पत्रकार पुरिलाई पुरस्कार वितरण गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक-सम्पादक Read More…

राजनीति विचार

अग्रणी समाज सुधारक : विपी

राजेन्द्र गौतम झापा । लेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो, विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा विपी कोइरालाको छवि प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो । लेखन र राजनीतिलाई एकसाथ पर्गेल्ने सामर्थ्य नै विपी विविधता हो । विपी बिचार हो, विपी चिन्तन र चेतनाको पुञ्ज हो । नकि, कसैको भजन गाउने यन्त्रमानव । यी विपी कोइरालाका कर्मका कुरा Read More…

संघ \संस्था

उपभोक्तालाई राहतमा वितरण गरेको काठ वनको पदाधिकारी र प्रहरीकै स्कटिङमा तस्करी

झापा । उपभोक्तालाई राहतमा वितरण गरेको काठ प्रहरीकै स्कटिङमा तस्करी हुने गरेको तथ्य फेला परेको छ । बरफल्याङ सामुदायीक वनका पूर्वअध्यक्ष लक्ष्मीकान्त घिमिरे र बरफल्याङ प्रहरी चौकीका इन्र्चाज असई छत्र श्रेष्ठले गत शुक्रबार तस्करी गरी झापा तिर ल्याउँदै गरेको काठ सशसत्र प्रहरीले अर्जुनधारा–१ बाट जफत गरेसँगै यो तथ्य खुलेको हो । मे १ ज ११६५ Read More…

राजनीति

गौरादह ३ का वडाध्यक्ष भण्डारी एमालेमा प्रवेश, पूर्व स्वतन्त्र जनप्रतिनिधिको प्रवेशसँगै एमाले थप सशक्त

गौरादह । गौरादह नगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिलिप भण्डारी नेकपा एमाले मा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेशको अवसरमा उनलाई नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन्। नेकपा (एमाले) झापा जिल्ला कमिटीका सचिव तुलसी कार्कीका अनुसार भण्डारीलाई पार्टी अध्यक्ष ओली स्वयंले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन् Read More…

राजनीति

वर्तमान सरकार भ्रष्टाचारको चंगोलमा फसेको छ : अध्यक्ष लिङ्गदेन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले वर्तमान सरकारलाई भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । शनिबार झापाको मेचीनगरमा आयोजित राप्रपाको पाँचौं नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देशको शासन व्यवस्था नै भ्रष्टाचारबाट ग्रसित भएको टिप्पणी गरे । “आज देशमा सुशासन छैन, भ्रष्टाचार मौलाएको छ । देशका दुई ठुला दल नेकपा एमाले र Read More…

समाचार

नेपालीद्वारा धनीपूर्जाको प्रलोभन देखाई स्थानीयबाट रकम असुलीको आरोप

झापा । जिल्ला समन्वय समिति झापाका सदस्य रीता नेपालीले अर्जुनधारा ५ का दर्जनौं अव्यवस्थित वसोवासीहरुबाट धनीपूर्जा दिलाउने प्रलोभन देखाई रकम असुलेको खुलेको छ । अर्जुनधारा – ५ कै वासिन्दा रहेकी नेपालीले स्थानीय फूलमाया मोते, रञ्जु गुप्ता श्रेष्ट, प्रमिला राजवंशी लगायत ३० जना भन्दा बढी स्थानीयबाट १५ दिन भित्र धनीपूर्जा दिलाई दिने भन्दै जनही ६ हजारका Read More…