झापा, जेष्ठ २४ । कबड्डी पुरुषको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा झापा च्याम्पियन भएको छ । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा काँकरभिट्टामा आयोजित उक्त प्रतियोगितामा १३ जिल्लालाई पछि पार्दै उपाधि झापाले हात पारेको हो । गत मंगलबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेको छ । Read More…
Author: हाम्रो खबरपाटी
पूर्वेली युथ क्लब सेमिफाइनलमा प्रवेश
झापा, जेष्ठ २३ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको क्वाटरफाईनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोडले मुनाल क्लब चन्द्रगढीलाई ५–२ ले गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । पूर्वेलीका लागि विकास बुढाथोकीले खेलको १७औँ मिनेटमा गोल गरेर Read More…
प्रदेश तेक्वान्दोमा सुनसरी उत्कृष्ट
झापा, जेष्ठ २३ । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले मंगलबारदेखि झापाको काँकरभिट्टामा सुरु गरेको सो प्रतियोगितामा सुनसरी च्याम्पियन भएको हो । तीन दिवशीय प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सुनसरी प्रथम, मोरङ दोस्रो र झापाले तेस्रो स्थान हाँसिल गरेका हुन् । १३ जिल्लालाई उछिनेर Read More…
पाञ्चायन फुटबल क्लब सेमीफाइनलमा प्रवेश
झापा, जेष्ठ २२ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको क्वाटरफाईनल खेलमा पाञ्चायन फुटबल क्लबले पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट राजन Read More…
समाजसेवी भट्टराईले दिए भुमेथानलाई सोलार सेट
झापा, जेष्ठ २१ । मेचीनगर ८ निवासी साझा मनोरञ्जन संस्था मेचीनगरको अध्यक्ष तथा युवा समाजसेवी बिष्णु भट्टराईले थामी समुदायको भुमेथानलाई सोलार सेट सौजन्य गर्नु भएको छ । मेचीनगर ८ स्थित प्रतिभा टोलमा रहेको थामी जातिको भुमेथानमा मंगलबार भट्टराईले आफ्नो स्वर्गिय बुबा आमालगायत पितृहरुको सम्झनामा एक सेट सोलार सौजन्य गर्नु भएको हो । सामाजीक क्षेत्रमा सक्रिय Read More…
दुई खेलको प्रदेशस्तरीय प्रतियोगिता झापामा सुरु
झापा, जेष्ठ २१ । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगिता मंगलबारदेखि काँकरभिट्टामा सुरु भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय सो प्रतियोगिताको उद्घाटन प्रदेश साँसद् श्रीप्रसाद मैनालीले गर्नुभएको थियो । काँकरभिट्टा माविको खेल मैदानमा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँसद् मैनालीले खेल क्षेत्रको विकास र उन्नयनका Read More…
मेचीनगर खेलकुदः फुटबलको उपाधि काकँरभिट्टा मावि र ईष्ट होराईजनको पोल्टामा
झापा, जेष्ठ २० । मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सव नगरस्तरीय अन्तरमावि छात्र तथा छात्रा फुटबल प्रतियोगितामा सोमबार फाईनल खेल सम्पन्न भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्र तर्फ काकँरभिट्टा माविले २–१ गोल अन्तरले ईष्ट होराइजन मावि धुलाबारीलाई पराजित गरेको थियो । दुवै टिमका एक एक जनाले रेडकार्ड पाउदै दश दश जना Read More…
गौतम समाजको अध्यक्षमा त्रिलोचन
झापा , जेष्ठ १९ । गौतम समाज कमल गाउपालिका झापाको अध्यक्षमा शिक्षासेवी त्रिलोचन गौतम चयन हुनु भएको छ ।गौतम समाजको शनिबार बसेको भेलाले त्रिलोचन गौतमको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि ११ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष दिपा गौतम, सचिव ओम प्रकाश गौतम उपसचिव खेम गौतम र कोषाध्यक्षमा भूमिका गौतम चयन हुनु Read More…
मिस्टर एण्ड मिस पूर्वमा २७ जना प्रतियोगी बन्द प्रशिक्षणमा छनौट
झापा, जेष्ठ १९ । पूर्वमा हुन गइरहेको मिस्टर एण्ड मिस पूर्व सौन्दर्य प्रतियोगिताको अन्तिम अडिसन शनिवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । यसअघि जेष्ठ ११ गते इटहरीको होटल रोजम्यारीमा पहिलो अडिसन भएको थियो । बिर्तामोडमा भएको अडिसनबाट १५ जना प्रतियोगी छानिएका छन् । इटहरीबाट १२ जना छानिएका थिए । अनुसन्धान मिडियाको आयोजनामा हुन लागेको प्रतियोगितामा Read More…
वडा नम्बर ८ ले गर्यो महिलाको जाँच
झापा, जेष्ठ १९ । मेचीनगर वडा नम्बर ८ वडा कार्यालयको आयोजनामा महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धी जाच तथा प्रजनन स्वास्थ्य सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर ८ स्थित आदर्श मावि परिसरमा आयोजना शनिबार भएको महिलाहरुको निःशुल्क स्वास्थ्य शिविरमा ८८ जना महिलाले स्वास्थ्य जाच गराएका थिए । साथै जाच गराएका महिलाहरुलाई निःशुल्क Read More…