अर्थ खेलकुद

दुबईमा रहेका रविन भारतीद्वारा बुबाको स्मृतिमा गोल्डकपको प्रथम पुरस्कार प्रायोजन

मेचीनगर । वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका रविन भारतीले आफ्ना स्वर्गीय बुबा टीकाराज भारतीको स्मृतिमा आदर्श स्मृति गोल्डकपको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । उनले प्रतियोगिताको प्रथम पुरस्कारका लागि ५१ हजार ५ सय ५१ रुपैयाँ सहयोग गरेका हुन् । मेचीनगर–४ स्थित आदर्श युवा क्लबको आयोजनामा असोज २५ देखि कात्तिक १ गतेसम्म स्थानीय पशुपति माध्यमिक विद्यालयको Read More…

समाचार

१ करोड बजेट फ्रिज, स्टार्टअप उद्यमी अझै प्रतीक्षामा

विराटनगर । कोशी प्रदेश सरकारले आफैं छनोट गरेका ३२ स्टार्टअप उद्यमीले एक वर्ष बितिसक्दा पनि प्रतिबद्ध बीउ पुँजी पाउन सकेका छैनन् । उद्यमी छनोट गरेर अनुदान/बीउ पुँजी उपलब्ध गराउने प्रक्रिया अघि बढाए पनि कार्यविधिगत समस्या र बैंकसँगको समन्वय अभावका कारण गत आर्थिक वर्षका लागि विनियोजित करिब १ करोड रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ Read More…

राजनीति

रास्वपाको स्टिकर अभियान : जनसेवा कि ‘फोटोसेसन’को स्टन्ट?

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दमक नगर क्षेत्रभित्र आपत्कालीन नम्बरहरूको सूचीसहितको नीलो स्टिकर जनताको घर–घरमा निःशुल्क टाँस्ने अभियान चलाएको छ, जुन आधारभूत रूपमा एउटा राम्रो सुरुवात हो। तर, सेवाभावले सुरु गरिएको भनिएको यो अभियानमा जब महिला नेतृहरू एकैनासको (म्याचिङ) लुगा लगाएर चिटिक्क परी फोटो सेसनमा रमाइरहेको तस्बिर बाहिरियो, तब यसले गम्भीर प्रश्न खडा Read More…

संघ \संस्था

नाकाको कारबाहीमाथि प्रश्न : सानामाथि कडाइ, ठूलामाथि नरमी

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकरभिट्टामा सीमा सुरक्षा तथा चोरी–निकासी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको कार्यशैलीमाथि स्थानीयले प्रश्न उठाउन थालेका छन्। सीमा क्षेत्रमा रातको समयमा अवैध रूपमा सामान ओसारपसार भइरहेको आरोपसँगै साना सवारी र चालकलाई कडाइ गर्ने तर ठूलो परिमाणको सामान ओसारपसार गर्ने समूहलाई छुट दिने गरिएको स्थानीयको दाबी छ। मेचीनगरको उत्तर–पूर्वी Read More…

विचार

स्थानीय सरकारको एक दशक

आयुष्मान निरौला केहि समयको विश्राम पश्चात आज फेरी बिल गेट्सले दिएको माइक्रोसफ्ट वर्डको खाली पानामा किबोर्डका अक्षरहरुले पोत्ने जमर्को गर्दैछु । एआईको इन्स्ट्यान्ट कन्टेन्ट डेलिभरीको जमानामा यस्ता लामा लामा शब्दगुच्छा पट्यारलाग्दा हुन्छन् होला भनेर अचेल खासै लेख्ने जाँगर पनि चल्दैन । तथापी करिब ७ वर्षको समय स्थानीय सरकारको रोजगारीमा बिताएर निस्किएपछी आफुले अनुभव गरेका र Read More…

कला

इरफान अली निसाफको अनन्त तिर्खा नाटक काँकरभिट्टामा मञ्चन

मेचीनगर । आख्यानकार नारायण ढकालको चर्चित कथा ‘इरफान अली’मा आधारित नाटक इरफान अली निसाफको अनन्त तिर्खा काँकरभिट्टामा मञ्चन भइरहेको छ। परिवर्तन थिएटरले निर्माण तथा प्रस्तुति गरेको नाटकले पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने जमर्को गरेको छ । नाटकले जेलभित्र हुने धार्मिक विभेद, नेपाली भाषा नजान्ने कैदीमाथि हुने अत्याचार, चौकिदारद्वारा Read More…

संघ \संस्था

दर्ताबिनै सञ्चालनमा रहेको मनकामना अस्पतालमा शिल

मेचीनगर । झापाको मेचीनगर–१३ चारआलीमा आवश्यक स्वीकृति र दर्ताबिनै सञ्चालन हुँदै आएको मनकामना अस्पताललाई मेचीनगर नगरपालिकाले मंगलबार शिल गरेको छ। अनुगमनका क्रममा अस्पतालमा म्याद नाघेका औषधिसमेत भेटिएपछि नगरपालिकाले अस्पताल बन्द गरी शिल गरेको हो। नगरपालिकाको बजार अनुगमन टोलीले अस्पताल सञ्चालनका लागि आवश्यक स्वीकृति नलिएको, दर्ता तथा नवीकरण नगरेको र आवश्यक कागजात पूरा नगरी स्वास्थ्य संस्था Read More…

संघ \संस्था

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन चारआलीमा चल्दै

मेचीनगर । युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धनमा जोड दिँदै नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन झापाको चारआलीमा शुक्रबारदेखि सुरु भएको छ। चारआलीस्थित चारआली पार्टी प्यालेसमा आयोजित दुईदिने सम्मेलनको उद्घाटन सन् २०२६ का लागि नेपालका लागि निरुपित जेसीआई उपाध्यक्ष सिनेटर केन्जो सुजुकीले पानसमा दीप प्रज्वलन गरी गरे। सम्मेलनमा पूर्वी नेपालका ४६ भन्दा Read More…

संघ \संस्था

झापा: बाढीको जोखिम भएका क्षेत्रमा सशस्त्र प्रहरीको सचेतना र निगरानी

झापा । बाढी तथा प्राकृतिक विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले झापाका नदी तथा खोलानजिकका बस्तीमा सचेतनामूलक कार्यक्रम र निगरानीलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरीका अनुसार असोज ८ देखि १२ गतेसम्म मेची, कनकाई र रतुवा नदी तथा बिरिङ खोलालगायत आसपासका गाउँबस्तीमा विपद्जन्य सचेतनामूलक माइकिङ गरिएको छ। बाढीको जोखिम रहेका क्षेत्रमा स्थानीयलाई पूर्वसावधानी Read More…

संघ \संस्था

मानव–हात्ती सहअस्तित्वबारे काठमाडौंमा प्यानल डिस्कसन

झापा । २०औँ राष्ट्रिय संरक्षण दिवसका अवसरमा काठमाडौंमा मानव–हात्ती द्वन्द्व र सहअस्तित्वका विषयमा प्यानल डिस्कसन आयोजना हुने भएको छ। कार्यक्रममा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ग्रामीण पर्यटन तथा मानव–हात्ती सहअस्तित्व अभियानमा सक्रिय मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की सहभागी हुने भएका छन्। कार्यक्रममा सहभागी हुन कार्की काठमाडौं पुगिसकेका छन्। लामो समयदेखि झापाको बाहुनडाँगी क्षेत्रमा मानव–हात्ती द्वन्द्व Read More…