अर्थ

ग्रामीण कृषि महोत्सवले स्थानीय उत्पादनको बजार खोज्दै

मेचीनगर । स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोग बढाउने उद्देश्यले झापाको मेचीनगरमा ग्रामीण कृषि महोत्सव आयोजना गरिएको छ। मेचीनगर–२ स्थित बौद्धमोडमा असोज ३ र ४ गते आयोजना गरिएको महोत्सवमा मेचीनगरसहित झापाका विभिन्न स्थान तथा छिमेकी जिल्ला इलामका ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बिक्री तथा प्रदर्शनीमा राखिएको थियो। स्थानीय किसानले उत्पादन गरेका कृषि सामग्रीलाई उपभोक्तासम्म Read More…

राजनीति

एमाले मेचीनगर–१० मा खड्का अध्यक्ष, ओझा सचिव

मेचीनगर । नेकपा एमाले मेचीनगर–१० वडा कमिटीको तेस्रो वडा अधिवेशनले धमेन्द्र खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मण वाँनिया, सचिवमा सोम ओझा तथा सहसचिवमा शुशिला बिष्ट र शंकर राय चयन भएका छन्। त्यस्तै सदस्यहरूमा दीपा कार्की, निर्मल दाहाल, शिवचरण कायस्थ, शालीग्राम दाहाल, कमल विक, पवित्रा बराल, किरण श्रेष्ठ, जमीर Read More…

संघ \संस्था

पशु स्वास्थ्यबारे मेचीनगर–४ का किसानलाई परामर्श

मेचीनगर । पशुमा लाग्ने विभिन्न रोगको रोकथाम, उपचार तथा औषधिको सुरक्षित प्रयोगबारे मेचीनगर–४ का पशुपालक किसानलाई जानकारी दिइएको छ। मेचीनगर नगरपालिका–४ को आयोजनामा भएको एकदिने पशु स्वास्थ्यसम्बन्धी परामर्श कार्यक्रममा गाईवस्तुमा लाग्ने खोरेत रोग (एफएमडी), लामखुट्टेको टोकाइबाट सर्न सक्ने जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पशुपक्षीमा प्रयोग हुने एन्टिबायोटिकप्रतिको प्रतिरोध क्षमता (एन्टिमाइक्रोबियल रेजिस्टेन्स) बारे जानकारी दिइएको हो। कार्यक्रममा Read More…

संघ \संस्था

वर्तमान सरकार मिडियामैत्री हुन सकेन: महासंघ उपाध्यक्ष भण्डारी

मेचीनगर । प्रेस क्लब मेचीनगरको १२औँ वार्षिक साधारणसभा शनिबार मेचीनगर–१० धुलाबारीस्थित नाङ्लो रेस्टुरेन्टमा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि अम्बिका भण्डारीले वर्तमान सरकार मिडियामैत्री हुन नसकेको आरोप लगाइन्। सरकार सञ्चारमाध्यमलाई साथ र संरक्षण दिनुपर्नेमा जनताको आवाज दबाउने तथा सञ्चार क्षेत्रलाई कमजोर Read More…

विचार समाचार

सम्पादकको कलमबाट; हाम्रो खबरपाटीको यो आठ वर्षको यात्रा, जिम्मेवारीको नयाँ अध्याय

त्रिलोचन गौतम झापा । आज असोज १ गते। हाम्रो खबरपाटी डटकम स्थापनाको आठ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ। एउटा सञ्चार संस्थाका लागि आठ वर्षको यात्रा केवल समयको गणना होइन, निरन्तरता, विश्वास, चुनौती र जिम्मेवारीको परीक्षा पनि हो। यस यात्रामा हामीले अनेक उतारचढाव देख्यौं, प्रविधिमा आएको तीव्र परिवर्तनलाई आत्मसात् गर्‍यौं र समाचारको बदलिँदो Read More…

संघ \संस्था

आठौं वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गर्‍यो ‘हाम्रो खबरपाटी’

झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन समाचार पोर्टल हाम्रो खबरपाटी डटकम आज असोज १ गतेदेखि स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ। सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई प्राथमिकतामा राख्दै आएको हाम्रो खबरपाटीले नवौं वर्ष प्रवेशको अवसरमा आफ्ना सहकर्मी, सञ्चारकर्मी, पाठक, विज्ञापनदाता तथा सम्पूर्ण शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ। Read More…

राजनीति

गगन थापाले नेपाली काँग्रेस पार्टीको मात्रै होइन देशकै नेतृत्व गर्छन्– विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै हुने दाबी गरेका छन्। महाधिवेशनको मिति परिवर्तन हुने चर्चा निराधार भएको भन्दै उनले नेता–कार्यकर्तालाई त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। बुधबार गृहजिल्ला झापाको धुलाबारीमा आयोजित कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै शर्माले गत चैत ११ मै महाधिवेशनको मिति तय भइसकेकाले अब त्यसमा हेरफेरको Read More…

राजनीति

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

झापा । झापाका पत्रकार सन्तोष आचार्य उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौंमा आचार्यलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन्। राजनीति, सामाजिक गतिविधि तथा पत्रकारितामा लामो समयदेखि सक्रिय मेचीनगर-६ काँकरभिट्टा निवासी आचार्यले निरन्तरको छलफलपछि उज्यालो नेपाल पार्टीमा आबद्ध हुने निर्णय गरेको बताए। उनले आफ्नो राजनीतिक यात्रालाई नयाँ ढंगले Read More…

समाचार

ओलीमाथी बिना कारण सांघातिक आक्रमण, दोषीलाई कानूनी कार्वाही गर्न पीडितको माग

धुलाबारी । बिनाकारण आफूलाई सार्वजनिक स्थलमा सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाइएको भन्दै मेचीनगर–९ का धर्मप्रसाद ओलीले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । मेचीनगर–१० स्थित नन्द पेट्रोल पम्पमा हनुमान सेक्युरिटी कम्पनीमार्फत कार्यरत ओलीलाई मुनाल सेक्युरिटी कम्पनीका कुमार तामाङलगायतले कुटपिट गरेपछि कानुनी कार्वाही गर्न माग गरेका हुन् । गत भाद्र Read More…

समाचार

अवैध मोटरपार्टसहितको गाडी छुटेपछि सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर । काँकरभिट्टा नाकाबाट अवैध रूपमा नेपाल भित्र्याइएको मोटरपार्टससहित नियन्त्रणमा लिइएको एउटा निजी गाडीलाई बिना कारबाही छाडिएको भन्दै सशस्त्र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। सशस्त्र प्रहरी बल काँकरभिट्टा गुल्मले केही दिनअघि मेची खोलाको बाटो हुँदै नेपालतर्फ ल्याइएको मोटरपार्टससहित प्रदेश २–०३–००१च १४५८ नम्बरको स्कोर्पियो गाडी नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएको गाडीलाई कुनै जरिवाना वा थप Read More…