मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ को आयोजना तथा इटाभट्टा फुटबल क्लबको सहआयोजनामा “प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता २०८३” आगामी जेठ ९ गते शनिबारदेखि सुरु हुने भएको छ। स्थानीय शान्ति बनबाटिका खेलमैदान, मेचीनगर–८ मा सञ्चालन हुने प्रतियोगिता जेठ १७ गते आइतबारसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा मेचीनगरका १५ वटै वडा तथा आयोजक ए र बि Read More…
खेलकुद
कालिकामा धाइजन–चारआली महिला च्यालेन्ज कप हुने
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ । प्रतियोगितामा आयोजक धाइजन–चारआली फुटबल क्लबसहित आदर्श युवा क्लब बुद्धशान्ति, भद्रपुर ब्लेजर, कमल गाउँपालिका, कन्काई नगरपालिका, इलामको रोङ गाउँपालिका, जनता सेभेन फुटबल क्लव सूर्योदय टीमसँगै भारत दार्जिलिङको रथखोला फुटबल एकाडेमीले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष आशिष वन (पप्पु) ले जानकारी Read More…
वडाध्यक्ष कप जिल्लास्तरीय भलिबल: भद्रपुर, मेचीनगर, कनकाई र विर्तामोडको विजयी सुरूवात
मेचीनगर । मेचीनगर-१० वडा खेलकुद विकास समितिकाे आयोजनामा आजबाट वडाध्यक्ष कप जिल्लास्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता सञ्चालन भएको छ । स्थानीय नन्दा कोरिडोरमा सञ्चालित प्रतियोगिताको पहिलो दिन आज भद्रपुर, मेचीनगर, कनकाई र विर्तामोड विजयी भएकाे मेचीनगर-१० का वडासदस्य एवम् वडा खेलकुद विकास समिति संयोजक सोम ओझाले जानकारी दिए । उनका अनुसार आजको पहिलो खेलमा मेचीनगर Read More…
मेचीनगरमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल बिहीबारदेखि
झापा । झापाको मेचीनगर–१० स्थित धुलाबारीमा दोस्रो वडाध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। मेचीनगर–१० वडा खेलकुद विकास समितिको आयोजनामा स्थानीय नन्दा कोरिडोरमा वैशाख १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाका ८ टोली सहभागी हुने आयोजकले जनाएको छ। सहभागी टोलीमा बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर नगरपालिका, हल्दीबारी Read More…
भुटानलाई स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा
झापा । प्रतिस्पर्धात्मक प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडसामु स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब पहिलो खेलबाटै घर फर्किएको छ । ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको दोस्रो दिनको खेलमा चर्च ब्वाइज ३–२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको २७ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो । भुटानकी गोलकिपर अगाडि बढेको अवस्थामा Read More…
आयोजकलाई हराउँदै आदर्श युवा क्लब च्याम्पियन
मेचीनगर । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा सम्पन्न तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि आदर्श युवा क्लब बुधबारेले जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै आदर्शले ट्रफी उचालेको हो । जीतसंगै आदर्शले नगद एक लाख १ हजारसहित च्याम्पियन ट्रफी हता पार्दा आयोजकले ५५ हजारमा चित्त Read More…
आयोजक नकलबन्दा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश
झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आयोजक नकलबन्दा स्पोर्टिङ क्लब उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा दमक एफसीलाई पराजित गर्दै आयोजकले उपाधि नजिकको यात्रा तय गरेको हो । जीतसँगै आयोजकले कम्तीमा ५१ हजार सुरक्षित गरेको छ । मेचीनगर–८स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा नकलबन्दाको जितमा Read More…
शनिश्चरेलाई हराउँदै आदर्श युवा क्लब अन्तिम चारमा
झापा । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुधबारे सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा आदर्शले शनिश्चरे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफ सुरु भएको केही समयमै खेल रोमाञ्चक Read More…
धुलाबारी फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा
झापा । नकलबन्दामा जारी तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा धुलाबारी फुटबल ट्रेनिङ सेन्टरले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा धुलाबारीले पूर्वेली युवा क्लब बिर्तामोडलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीले बराबरी Read More…
तेस्रो नकलबन्दा फुटबल प्रतियोगिताः आयोजकको विजयी शुरुवात
मेचीनगर । “खेल स्वास्थ्यको आधार, खेलकुद हाम्रो पहिचान” भन्ने मूल नाराका साथ तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले नेक्ष्ट जेनेरेशन फुटबल क्लब मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आयोजकका तर्फबाट साहिल धिमालले खेलको १५ औँ मिनेटमा पहिलो गोल गरेका Read More…










