विविध

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा पुर्व राजा ज्ञानेन्द्र शाहले दिए शुभकामना (भिडियो सहित)

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोहि अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देश र जनतालाई शुभकामना दिएका छन् । तत्कालीन गोरखाका राजा Read More…

विविध

चिया क्षेत्रका समस्या समाधान गर्न सांसद विश्वप्रकाश शर्माको ध्यानाकर्षण

धुलाबारी । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षण पत्र बुझाएपछि सांसद शर्माले सो प्रतिवद्धता जनाएका हुन् । झापा १ बाट निर्वाचित सांसद शर्मालाई धुलाबारीमा चिया सरोकारवालाहरुको टोलीले चिया क्षेत्रको समस्या सम्बोधनमा पहल तथा Read More…

विविध

झापामा आठौँ राष्ट्रिय भाक्का दिवसको तयारी तीव्र, क्रिकेटर ललितलाई सम्मान गरिने

(दिपेश राजवंशी) भद्रपुर । विगतका बर्सहरूझैँ  यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् ।  वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका Read More…

विविध

सिमामा सशस्त्र प्रहरीको सक्रियता, लागूऔषध सहित दुईजना पक्राउ

झापा । झापामा सशस्त्र प्रहरीको टोलीले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध चुनौतीको रुपमा देखा पर्दै गएपछि झापामा सशस्त्र प्रहरीले त्यसतर्फ समेत सक्रियता बढाएको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमान्डमा खटिएको ६ जनाको टोलीले ब्राउन सुगरसहित पक्राउ गरेको Read More…

विविध

वडासदस्य भट्टराईले गरे पितृको सम्झनामा सन्त निरंकारीलाई सहयोग

मेचीनगर । मेचीनगर ८ का वडा सदस्य बिष्णु भट्टराईले आफ्नो स्वर्गीय बुबा आमाको सम्झनामा २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका छन् । प्रत्येक बर्ष आफ्नो दिवंगत बुबा रंगलाल भट्टराई र आमा तुलसा देवि भट्टराईको सम्झनामा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएका स्थानीय जनप्रतिनिधि भट्टराईले यसपटक सन्त निरंकारी संगत भवनलाई २० थान प्लास्टिककाे कुर्सी सहयोग गरेका Read More…

विविध

इलाम-२ उपनिर्वाचन : स्वतन्त्रबाट मनोज निरौलाले दर्ता गराए उम्मेदवार

इलाम । इलाम-२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र तर्फ मनोज निरौलाले उम्मेदवारी दिएका छन् । निरौलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् । युक्रेनको विश्वविद्यालयबाट इन्जिनियरिङ सकेका निरौलाले आफ्नो समर्थक दलबलसहित मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा निरौलाले आफुले दिएको उम्मेदवारी आफ्नो मात्रै Read More…

विविध

आज भ्यालेन्टाइन डे

काठमाडौं । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवापुस्ताले यसलाई उत्सवकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको हो । युवापुस्ताले फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् । त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि Read More…

विविध

झापा: विनोद १६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन

झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए ।  “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, Read More…

विविध

कर्मालयको दशौं संस्करण कृषि र खाद्य इन्जिनियरिङमा आधारित

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुलर डेभलपमेन्टले आयोजना गर्ने कर्मालयको दशौं संस्करण सुरु भएको छ । इन्जिनियरिङ विधा अन्तरगत विद्यार्थीले हासिल गरेको ज्ञान, सीप र नविनतम सोचहरुलाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कर्मालयको दशौं संस्करणको बिहीबार परिचयात्मक सेसन भएको छ । यो पटकको संस्करणमा ‘कृषि Read More…

विविध

मेचीनगर ८ मा आगलागी हुँदा एउटा ग्वाली र पराल जलेर नष्ट, दमकल समयमा पुग्दा मानविय क्षती हुन पाएन

मेचीनगर । झापाको मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ Read More…