कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक स्कूलले ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा विद्यालयमा शुक्रबार विविध कार्यक्रम गरि मनाएको छ । “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराको साथ कोपिला बाल क्लबद्वारा आयोजित विद्यालय परिसरमा खुल्ला वक्तित्वकला प्रतियोगिता, नृत्य, गायन तथा नाटकलगायत विविध कार्यक्रम सम्पन्न गरेको विद्यालय प्रशासनले Read More…
शिक्षा
धुलाबारीमा ब्रिज इन्टरनेशनलको शाखा विस्तार
मेचीनगर । विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि धुलाबारीमा अर्को कल्सनटेन्सी पनि थपिएको छ । वुधवारदेखि धुलाबारीमा ब्रिज इन्टरनेशनलको शाखा विस्तार भएको हो । तेस्रो कल्सनटेन्सीका रूपमा ब्रिज इन्टरनेशनल शाखाको बुधवार मेचीनगर नगरपालिका का प्रमुख गोपालचन्द्र बुढाथोकीले विधिवत उद्घाटन गरेका थिए । यसअघि धुलाबारीमा नेक्सेस र बिर्तामोड एजुकेशनल कल्सनटेन्सी स्थापना भइसकेको छ । नगर प्रमुख Read More…
संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्छ-मेयर बुढाथोकी
मेचीनगर । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् । धुलाबारी क्याम्पसकाे २३ औँ साधारणसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकीले शिक्षा नीति र कानुनी ब्यवस्थापन संशोधन गरेर मात्रै स्थानीय सरकारले त्यसको जवाफदेही बन्ने बताएका हुन् । उनले बिद्यालयको गुणस्तर र Read More…
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परिक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले कक्षा १२ को नतिजा सार्वजनिक भएको जानकारी दिएका हुन् । उनले आर्थिक न्युजसंग भने, ‘भर्खरै कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । जसमा ६ हजार Read More…
एसईई : सनसाईन स्कुलको नतिजा प्रत्येक बर्ष शत प्रतिशत
मेचीनगर । मेचीनगर ८ स्थित सुनाखरी टोलमा रहेको सनसाईन अंग्रेजी माविले विगत बर्ष झै यसबर्ष पनि एसईई परिक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । यस विद्यालयबाट विद्यार्थीहरूले यसअघि पनि माध्यमिक तह एसईईको परिक्षामा सातौं पटक सहभागिता जनाइसकेका छन् । त्यसमा पनि विद्यालयबाट सहभागी भएका सम्पूर्ण विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका थिए । त्यसलाई Read More…
मेचीनगरमा सनसाईनसहित ८ वटा निजी विद्यालयको एसईईमा शत प्रतिशत नतिजा
मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरमा सनसाईनसहित ८ वटा निजी विद्यालयको एसईईमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । मेचीनगरका ३८ वटा निजी विद्यालय सहभागी एसईई परीक्षमा ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए । भण्डारीका अनुसार सनसाईन अँग्रेजी मावि मेचीनगर ८ का ८ Read More…
एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आगामी साउन १८ र १९ गते गर्ने भएको छ । दुई विषयसम्म नन ग्रेडमा परेका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छन् । २ लाख ४२ हजार ३१३ नन ग्रेडमा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ जना उक्त ग्रेड वृद्धिमा सामेल हुन पाउने छन् Read More…
एसईई परीक्षाको नतिजा सार्वजनिकः करिब ४८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण Read More…
मेचीनगर : नीति तथा कार्यक्रमको प्राथमिकतामा शिक्षा क्षेत्र
मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षा क्षेत्रलाई समेटिएको छ । सोमबार प्रस्तुत गरेको प्रस्तावित बजेटमा शिक्षा सम्बन्धि २० बुँदा समावेश छन् । शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता अनुसार नगरपालिकाले शिक्षालाई सञ्चार र प्रविधिसँग जोड्ने देखि शिक्षक, कर्मचारी तथा प्रारम्भिक बाल कक्षाका सहजकर्ताको पारिश्रमिकलाई निरन्तरता दिइने उल्लेख छ । Read More…
मेचीनगरले दियो गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रूपैयाँ विनियोजन गरि नगरका ९ वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । छात्रवृत्ति कार्यक्रम अन्तर्गत मेचीनगर २ Read More…