झापा । झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा मंगलबार बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आज बिहान करिब ४ः१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको थियो Read More…
समाचार
भारतीय चर्चित गायिका आशा भोसलेको निधन
काठमाडौं । भारतीय चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। कार्डियक अरेस्टका कारण उपचारका लागि भर्ना गरिएकी भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो। मुम्बई । भारतीय सुविख्यात गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे । आशा भोसलेलाई कार्डियक Read More…
देउवा दम्पती विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ। ‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालय Read More…
समयमै कर्मचारी नआए कारबाही हुने, छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । साेमबारदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई चुस्त तुल्याउने उद्देश्यका साथ केन्द्रले काठमाडौं उपत्यकाबाहिर नौ जिल्लामा टोली खटाएको प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । ‘आयोजनाको गतिविधि र सेवा प्रवाहमा निगरानी तथा छड्के Read More…
इलामको फुङनामबासी सडक र विद्युत् अभावले कष्टकर जीवन जिउन बाध्य
युवराज आचार्यझापा । इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङनाम बस्ती अझै पनि आधारभूत सेवासुविधाबाट वञ्चित छ। राज्य सञ्चालनमा देखिएको उपेक्षा र समन्वय अभावका कारण करिब १५० घरधुरी रहेको यो बस्तीका स्थानीयले कष्टकर जीवन बिताउन बाध्य छन्। झापास्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब १९ किलोमिटर उत्तरमा पर्ने यस बस्तीमा नेवारी समुदायको बाक्लो बसोबास छ। सामान्य खेतीपातीबाट जीविकोपार्जन गर्दै आएका Read More…
वृद्ध आमामाथि कुटपिट गर्ने छोरा पक्राउ
झापा । झापाको भद्रपुर नगरपालिका–८ क्याम्पस मोडमा आफ्नै वृद्ध आमामाथि कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ७९ वर्षीया चन्द्रमाया घिमिरेमाथि निर्घात आक्रमण गरेको आरोपमा उनका ३० वर्षीय छोरा यशिस घिमिरेलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सोमबार साँझ मदिरा सेवन गरि यशिसले आमामाथि निर्घात कुटपिट गरेका थिए। घटनाको भिडियो सामाजिक Read More…
अभद्र व्यवहारमा मुछिएका उद्योगी मित्तल अझै फरार
मेचीनगर । झापाका एक प्रतिष्ठित उद्योगी प्रदिप मित्तलविरुद्ध उजुरी परेको २४ घण्टा बित्दा पनि अझै पक्राउ परेका छैनन् । प्रहरीले पीडित पक्षको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाए पनि उनी अझै फरार छन् । मित्तलले एक किशोरीमाथि अभद्र व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा हिजो जाहेरी दिएका थिए । व्यवसायी प्रदिप मित्तलले मेचीनगर–१४ की Read More…
मासिक असुलीको आरोपबीच यौन गतिविधिमा पक्राउ होटल सञ्चालक छुटे, प्रहरी भूमिकामाथि प्रश्न
झापा । यौनजन्य क्रियाकलाप गराएको आरोपमा पक्राउ परेका होटल संचालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले एक दिन नबित्दै छोडेको छ । विर्तामोड बसपार्कमा रहेको आसेङ होटलका संचाकल पदम तामाङलाई प्रहरीले शंकास्पद तरिकाले छोडेको हो । आज बिहान पक्राउ परेका आसेङ होटलका संचालक तामाङलाई इप्रका अनारमनीका प्रमुख डिएसपी बिजय श्रेष्ठको निर्देशमा आझै छोडिएको छ । जिल्ला प्रहरी Read More…
एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समयदेखि उमेरजन्य स्वास्थ्य समस्याका कारण उनी अस्वस्थ थिए । स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको Read More…
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने Read More…










