समाचार

आज राजतन्त्रवादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै, ३५ सय प्रहरी परिचालन

काठमाडौं । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् । सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजतन्त्रवादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो Read More…

समाचार

हितेन्द्रदेवले सम्हाले विद्युत् प्राधिकरणको नेतृत्व

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा हितेन्द्रदेवलाई दिएको थियो । शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन् । उनलाई हटाएर तत्कालीन सरकारले कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याएको थियो । कुलमानलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले Read More…

समाचार

कन्काईमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु ,श्रीमान घाइते

झापा। झापाको कन्काईमा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । आज बिहान कनकाई नगरपालिका वडा नं. ५ नारायणदल चौकमा खुकुरी प्रहारबाट ३९ वर्षीय लालबहादुर सार्कीकी श्रीमती ४० वर्षीया मनिषा मग्रान्तीको घटनास्थलमा नै मृत्यु भएको हो । उनको घाँटीमा चोट देखिएको छ । त्यस्तै श्रीमान लालबहादुर पनि घाइते छन् । उनको Read More…

समाचार

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आउट, हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । हिजो नै बसेको बैठकले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेका थियो । केपी शर्मा Read More…

समाचार

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’

काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। प्रजातन्त्र Read More…

समाचार

जनतामा निहित संविधान मास्न खोज्दै सत्तारुढ दल : प्रचण्ड

झापा । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा निहित लेखिएको संविधान अहिलेको सत्तारुढ दलहरुले मान्न नचाहेको आरोप लगाएका छन् । शनिबार माओवादी केन्द्र दमक नगर समितिको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमाले दुई ठुला दलहरु मिलेर बनेको वर्तमान सरकारले Read More…

समाचार

पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो

चितवन । चितवन जिल्ला अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ। बुधबार लामिछानेविरुद्ध परेको साहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले न्यायिक हिरासतमा पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । लामिछानेविरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीसम्बन्धी मुद्दा दायर भएको थियो। लामिछानेको मुद्दा हेर्दाहेर्दैमा रहेकाले Read More…

समाचार

अब सामाजिक सञ्जालका प्लेटफर्म चलाउँन अनुमति लिनुपर्ने, त्यस्तो नगरे २५ लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ संसद्मा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेको भन्दै सरकारले विधेयक संसद्मा लगेको मन्त्रालयले जनाएको छ । सूचना प्रविधि Read More…

समाचार

आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो Read More…

समाचार

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६/७७ देखि Read More…