काठमाडौं । सोमबारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्यो । ११औं मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो । मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा त्यस्तै उत्कृष्ट Read More…
खेलकुद
भद्रपुर झापा गोल्डकप : नेपाल, भारत, भुटान र बंगलादेशसहित १० टिमको भिडन्त हुने
झापा । झापाको भद्रपुरस्थित मेचीरंगशालामा हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ । मेची रंगशाला परिसरमा आज पत्रकार सम्मेलनमा आयोजक भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । करिब २० हजार दर्शक Read More…
अन्तर बिद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिसलाई
मेचीनगर । अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि थेसिस इङ्लिस सेकेण्डरी स्कुलले जितेको छ । आज मेचीनगर ३ बडाखाल विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगिताको उपाधि थेसिस इङ्लिस स्कुलले जितेको हो । पुर्वाञ्चल इङ्लिस स्कुल मेचीनगर २ भृकुटीलाई ४–० गोल गर्दै थेसिसले उपाधि जितेको हो । एक दिवसिय प्रतियोगितामा दुर्गा आवसिय मावि धाईजन, बालबाटिका ईङलिस सेकण्डरी स्कुल Read More…
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
मेचीनगर । पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । आज काँकरभिट्टामा एक कार्यक्रमका बीच पाँचौं मेचीनगर गोल्डकपको लोगोसँगै ब्यानर र गीत समेत सार्वजनिक गरिएको हो । कार्यक्रममा गोल्डकप मुल आयोजक समिति, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका पदाधिकारीसहित प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले लोगो सार्वजनिक गरे । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी Read More…
नकलबन्दामा ७ गतेदेखि नगरस्तरीय फुटबल हुँदै
नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिता´ हुने भएको छ । नकलबन्दा बचत तथा ऋण सहकारीको प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिताले नकलबन्दाको इतिहासलाई उजागर गर्दै युवा पुस्तामा खेल क्षेत्रकाे विकास गर्ने आयोजकले विश्वास लिएको छ। स्थानीय युवाहरुलाई खेल क्षेत्रतर्फ प्रोत्साहन गर्न Read More…
मेचीनगर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा
बिर्तामोड । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकामाथि ३-० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटर फाइनल खेलमा पहिलो हाफमा २ र अन्तिम हाफमा १ गोल सम्भव भएको थियो । खेलमा सुरुवाती Read More…
पाँचौं मेचीनगर गोल्डकपको तयारीमा जुट्न थाल्यो ट्रेनिङ सेन्टर
मेचीनगर । मोफसलको लोकप्रिय गोल्डकपको पहिचान बनाएको मेचीनगर गोल्डकपको पाँचौं संस्करण यहीँ फागुन २१ गतेदेखि सञ्चालन हुँदैछ । पाँच बर्ष अघि चौथो संस्करण सम्पन्न गरेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले त्यस यता कोरोना भाइरसलगायत विविध कारणले प्रतियोगितालाई निरन्तरता दिन सकेको थिएन । जसको कारण मेचीनगरमा राष्ट्रिय स्तरको ए डिभिजनका टिम सम्मेलित फुटबल प्रतियोगिता हुन सकेको थिएन Read More…
पाँचौ संस्करणको मेचीनगर गोल्डकप फागुन २१ गतेदेखि हुँदै
मेचीनगर। विभिन्न कारणले बिगत पाँच बर्षदेखि स्थगन रहेको पाँचौ संस्करणको मेचीनगर गोल्डकप आगामी फागुन महिनामा हुने भएको छ। झापाको मेचीनगर -६ स्थित काकडभिट्टा माविको खेलमैदानमा पाँचौ संस्करणको मेचीनगर गोल्डकप हुने भएको हो । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजना तथा मेचीनगर नगरपालिकाको संरक्षणमा फागुन २१ गते बुधबारदेखि २८ गतेसम्म गोल्डकप सञ्चालन हुने आयोजकले जनाएको छ। आज Read More…
भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक
झापा । सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका Read More…
नव ज्योति च्यालेन्ज कपः न्यु स्टार सेमिफाइनलमा
बिर्तामोड । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १-० को गोल अन्तरले हराउँदै न्यु स्टार अन्तिम चारमा पक्का भएको हो । न्यु स्टारका लागि Read More…










