काठमाडौँ। जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड र नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । ९० मिनेटको निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो Read More…
खेलकुद
स्पेन र फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा, जर्मनी र पोर्चुगल पराजित
काठमाण्डौ । स्पेन र फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो । गएराती नै भएको दोस्रो क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हरायो । स्पेन र जर्मनीको खेल निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम Read More…
युरोकप : आज पोर्चुगल र फ्रान्स खेल्दै
काठमाण्डौं । युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । पोर्चुगल समूह ‘एफ’ मा शीर्ष स्थान र फ्रान्स समूह ‘डी’ मा दोश्रो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । त्यस्तै आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् Read More…
युरोकप: क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
काठमाडौं । जारी युरोकपमा आज देखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने Read More…
युरो कप : पोर्चुगल क्वार्टरफाइनलमा
काठमाडौँ । स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पूर्वविजेता पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोर्चुगल ३–० गोलले विजयी बन्यो । यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट Read More…
बेल्जियमलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा
काठमाडौँ । पूर्वविजेता फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो । दुई महारथी टोलीबिच भएको भिडन्तमा खेलको ८५ औँ मिनेटमा सब्सटिट्युट रान्डाल कोलो मुनाइको प्रहार बेल्जियमका भेर्टोङहेनलाई लाग्दै गोलमा परिणत भएको थियो । यसअघि कप्तान किलियान एम्बाप्पेसहित फ्रान्सले थुप्रै अवसरहरू गुमाएको थियो । Read More…
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको उपाधि चुम्ने मौका गुमाएको छ । भारतले दिएको १७७ Read More…
दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा
काठमाडौं । दक्षिण अफ्रिका जारी टी २० विश्वकपको फाइनलमा पुगेको छ । आज बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्दै अफगानिस्तान ११.५ ओभरमा अल Read More…
टी–२० विश्वकप : नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो Read More…
आइसिसी टी–२० विश्वकप क्रिकेट: नेपाल र श्रीलंकाबीचको खेल रद्द
काठमाडौं । नवौँ आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार बिहान हुन लागेको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अधिक वर्षाका कारण टस समेत हुन नसकि खेल रद्द भएको आइसीसीले जनाएको छ । अमेरिकाका फलोरिडाको सेन्ट्रल ब्रोबार्ड रिजनल पार्क रंगशालामा नेपालले पहिलोपटक श्रीलंकाको सिनियर टोलीविरुद्ध प्रतिस्पर्धा गर्न लागेको थियो । नेपालसमक्ष टेस्ट राष्ट्रलाई हराउने Read More…










