खेलकुद

झापा महिला गोल्डकपः आज एपिएफ र सिक्किमको सिंग्लिङसँग भिड्दै

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकपको उपाधि जित्न सफल एपिएफ यसपटक पनि मुख्य उपाधि दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै Read More…

खेलकुद

नेपाल पुलिस क्लब प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा । प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। झापाको शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दूधे रंगशालामा सोमबारदेखि सुरु भएको मोफसलकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंले चर्च ब्वाइज युनाइटेड ललितपुरलाई ८–० गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो। Read More…

खेलकुद

झापा महिला गोल्डकप आजदेखि, उद्घाटनमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड बिच भिडन्त

झापा । मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। कार्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता चक्रवात ‘मोन्था’को प्रभावका कारण आयोजकले दुई दिनपछि सारेको हो। शिवसताक्षी नगरपालिका-११ स्थित नवनिर्मित दूधे रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको प्रतियोगिताका अध्यक्ष सन्तोष चोप्राले जानकारी दिए। प्रतियोगितामा आठ टोलीको Read More…

खेलकुद

नेपाली क्रिकेट खेलाडीको सम्मानमा तस्विर राखेर कालीपूजा पण्डाल

झापा । झापाको भद्रपुरमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए । भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर Read More…

खेलकुद

कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै Read More…

खेलकुद

नेपाल १ रनले विजयी, युएईले हार्यो ।

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनले जितेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले Read More…

खेलकुद

जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड आयोजना हुने

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही असोज २५ गते शनिबार म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । जेनजी पुस्ताको आन्दोलनको क्रममा जीवन उत्सर्ग गरेका झापाका दुई सहिदहरुको स्मृतिमा म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । भदौ २४ गते झापाको बिर्तामोडमा जेनजी आन्दोलनमा सहभागि हुँदा Read More…

खेलकुद

झापा महिला गोल्डकपको विजेताले १० लाख पाउने

बिर्तामोड । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । मंगलबार एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ । प्रतियोगिताको उपविजेताले नगद पाँच लाख रुपैयाँ Read More…

खेलकुद

मेचीनगर भेट्रान सिटी लिग फुटबल प्रतियोगिता मंगलबारदेखि

मेचीनगर । विजय दशमीको अवसरमा भोलीदेखि काँकरभिट्टामा “मेचीनगर भेट्रान सिटी लिग फुटबल प्रतियोगिता–२०८२” हुँदैछ। भेट्रान खेलाडीहरूको उत्साह, मित्रता र खेलकुदको प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबले जनाएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहयोगी संस्थाको भूमिकामा रहेको प्रतियोगिता असोज ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । काँकरभिट्टा खेल मैदानमा Read More…

खेलकुद

झापा महिला गोल्डकपको सदस्यता संख्या २०० नाघ्यो

बिर्तामोड। आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या दुई सय नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए । गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या दुई सय Read More…