खेलकुद

नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई सम्मान

झापा । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई गृह नगरमा सम्मान गरिएको छ । रोटरी क्लब अफ काँकरभिट्टाले क्लबको १४औं पदस्थापनाको अवसर पारेर मंगलबार क्रिकेटर क्षेत्रीलाई नगदसहित सम्मान गरेको हो । महिला क्रिकेट खेलमा विश्व किर्तीमान राख्न समेत सफल भई नेपाल र नेपालीहरको नाम विश्वसामु उच्च पार्न सफल राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व Read More…

खेलकुद

आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै, जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२:४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ । यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि Read More…

खेलकुद

आज नेपाल र वेस्टइन्डिज भिँड्दै

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्टइन्डिजको सामना गर्दैछ । वेस्टइन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समयअनुसार मध्यान्ह पौने १ मा शुरु हुनेछ । तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्टइन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित नेपालले Read More…

खेलकुद

खेलाडीको जीवन सुरक्षा नै खेलको दीर्घकालिन संरक्षण : मन्त्री लिम्बू

झापा । संघीय युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले खेलकुदको दीर्घकालीन विकासका लागि खेलाडीको जीवन विमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसार गर्ने तयारी थालिएको जानकारी दिएका छन् । जिल्लाकै पुरानो रङ्गशालाको पहिचान पाएको मेची रङ्गशालाको स्थलगत अनुगमनका लागि भद्रपुर आइपुगेका मन्त्री लिम्बूले झापा जिल्ला खेलकुद समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । विगतमा आफू पनि Read More…

खेलकुद

विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

काठमाडौँ । अमेरिकालाई हराउँदै विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । २०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकालाई स्तब्ध बनायो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७८ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ Read More…

खेलकुद

विश्वकप छनोट : आज नेपाल जिम्बाब्बेसँग खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ।  नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ। समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ।  टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो । नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट Read More…

खेलकुद

मेचीनगरमा शुक्रबारबाट ‘जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता’ हुने

मेचीनगर । असार एक गते शुक्रबारबाट झापाको मेचीनगरमा झापा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय तुर्केनी स्पोर्टस क्लबको आयोजनामा मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो । असार एकदेखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका आठ टिमको सहभागिता रहनेछ । खेल क्षेत्रको विकास सँगसगैँ तुर्केनी खेल Read More…

खेलकुद

जिल्ला स्तरीय क्रिकेटको उपाधि अरुणोदय र बालकल्याण माविलाई

मेचीनगर । झापाको काँकरभिट्टामा जारी २१औं झापा जिल्ला स्तरीय छात्र/छात्रा क्रिकेटको उपाधि छात्रातर्फको अरुणोदय इङ्गलिस बोर्डिङ्ग स्कुल काँकरभिट्टा र छात्रतर्फको बालकल्याण मा.वि मेचीनगर–५ ले जितेको छ । मिलन क्रिकेट क्लब काँकरभिट्टाको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेर पहिलो व्याटिङ्ग रोजेको अरुणोदयले १० ओभरको समाप्तिमा ८१ रन जोड्न सफल भएको थियो । अरुणोदयका लागि सर्वाधिक रन जोड्न Read More…

खेलकुद

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता : बालकल्याण मावि फाइनलमा प्रवेश

मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बालकल्याण मावि विजयी भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा भएको छात्रतर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ११७ रनले पराजित गर्दै बालकल्याण मावि फाइनल प्रवेश गरेको छ । बालकल्याण माविले टस जितेर ब्याटिङ्ग गर्दै Read More…

खेलकुद

मलेसियासँग नेपाल पराजित

काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् Read More…