शिक्षा

दोकानडाँडा स्कूलका विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा

मेचीनगर । मेचीनगर–३ मा सञ्चालित दोकानडाँडा इङ्लिस बोर्डिङ स्कूलको १५ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले आफ्नो लोभलाग्दो प्रतिभा देखाएर उत्सव मनाएका हुन् । साना कक्षाका विद्यार्थीले सामूहिक गीत तथा ठूला कक्षाका विद्यार्थीको धमेदार प्रस्तुतीले उपस्थिति सबैको ध्यान आकर्षण गराएको हो । विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद खतिवडाको अध्यक्षता Read More…

शिक्षा

गुणस्तरीय शिक्षा आजको आवश्यकता : नगरप्रमुख बुढाथोकी

मेचीनगर । झापाको मेचीनगर-२ भृकुटी स्थित भानु माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । शुक्रबार सम्पन्न विद्यालयको वार्षिक उत्सवको उद्घाटन  मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सके मात्र देश समृद्धिको मार्गमा जानसक्ने बताएका छन् । प्रत्येक नागरिकको पहुचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म Read More…

शिक्षा

अरुणोदय माविको वार्षिकोत्सव शुभारम्भ

मेचीनगर । अरुणोदय आवासीय माध्यमिक विद्यालय मेचीनगर ६ को वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ भएको छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले २ दिवसीय वार्षिोत्सवक कार्यक्रमको आज उद्घाटन गर्नु भएको हो । वहाँले शैक्षिक संस्थाहरू नाफामुखी नभई सेवामुखी भएर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले स्थानीय सरकार नगरभित्रको शैक्षिकस्तर सुधारकालागि Read More…

शिक्षा

बिजेता खेलाडीलाई सम्मान

झापा । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वाल्मीकि एजुकेशन फाउण्डेशनले खेलकुद क्षेत्रमा समेत अब्बल भएको छ । तेह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड, हिसान र प्याब्सन झापाले आयोजना गरेका कार्यक्रममा सहभागी विद्यार्थीले उत्कृष्ठ नतिजा हासिल गरेका हुन् । खेलकुद क्षेत्रमा उत्कृष्ठ नतिजा हाँसिल गरेसंगै वाल्मीकि एजुकेशन फाउण्डेसनले वुधवार विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबबीच बिद्यार्थीलाई सम्मान सहित ट्रफी र Read More…

शिक्षा

३२ स्वर्णसहित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविले गर्‍यो तेस्रोपटक कब्जा

झापा । मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले लगातार तेस्रोपटक उपाधी रक्षा गरेको छ। दुईपटक नगरमा अग्रता कायम गरेको धुलाबारी माविले ३२ स्वर्ण र ६ काँस्य पदक जितेर तेस्रोपटक उपाधी रक्षा गरेको हो। प्रतियोगितामा आदर्श विद्या मन्दिर मेचीनगर ९ ले ६ स्वर्ण , ७ रजत र ६ कास्यसहित दोस्रो तथा बालसुबोधिनी मावि मेचीनगर Read More…

खेलकुद शिक्षा

तेस्रो मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

मेचीनगर । झापाको मेचीनगरमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा धुलाबारी माध्यमिक विद्यालयको संयोजनमा सुरु भएको प्रतियोगिताको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । मेचीनगर १० स्थित धुलाबारी माविको प्रांगणमा ३ दिनसम्म संचालन हुने प्रतियोगितामा छात्र र छात्रा गरी दुवै विधाका एथ्लेटिक्स, हाइ जम्प, Read More…

शिक्षा

मेचीनगर प्रमुख/उपप्रमुखद्वारा विद्यालयको दुईतले पक्की भवन शिलान्यास

मेचीनगर । झापाको मेचीनगर ७ गोमनसरी स्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको छ । आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा उक्त दुई तले चारकोठे पक्की भवनको शिलान्यास गरेका हुन् । मेचीनगरको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७८/०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट निर्माणधिन भवन सम्पन्न Read More…

शिक्षा

शैक्षिक गुणस्तर उकास्न सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्छ : सांसद शर्मा

मेचीनगर । झापा क्षेत्र नं.१ का संघीय सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार मेचीनगर १४ स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयको ५५औं वार्षिक उत्सव कार्यक्रमको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने Read More…

शिक्षा

यस वर्षको एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते Read More…

धर्म संस्कृती शिक्षा

आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा(आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेष Read More…