बौद्धमोड । बौद्धमोड इङ्लिस बोर्डिङ स्कुलले किरात धर्मका धर्मगुरु,समाज सुधारक तथा राष्ट्रिय विभूति माहागुरु फाल्गुन्नद को १३८ औं जन्मजयन्ति बिबिध कार्यक्रमका साथ मनाएको छ। विद्यार्थीहरुको सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयले विज्ञसँग विद्यार्थी कार्यक्रम आजबाट सुरु गरेको छ । मेचीनगर वडानम्बर –२ का वडाध्यक्ष दीपक बराल प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडाध्यक्ष बराल सँग स्थानीय तहको बारेमा Read More…
शिक्षा
आरएमई स्कुललाई दुबईमा सुदूरपश्चिमको उत्कृष्ट अवार्ड
टिकापुर । कलेज रिडर्सले दुबईमा आयोजना गरेको नेपाल एजुकेशन अवार्ड २०२२ मा कैलालीको टीकापुरस्थित आरएमई स्कुललाई सुदूर पश्चिमका विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालय अवार्ड २०२२ प्रदान गरिएको छ । आरएमई स्कुल सुदूरपश्चिमबाट उत्कृष्ट अवार्ड पाउने एक मात्र स्कुल हो । बिगत १५ वर्षदेखि सुदूरपश्चिमको शैक्षिक गुणस्तरका लागि निर्बाह गरेको योगदानको कदर गर्दै कलेज रिडर्सले आरएमई स्कुललाई Read More…
मेचीनगरको इष्ट होराइजनललाई दुबईमा उत्कृष्ट शिक्षा अवार्ड
धुलाबारी । मेचीनगरको इष्ट होराइजन माविले नेपाल शिक्षा पुरस्कार–२०२२ पाएको छ । युएईको दुबईमा भएको एक विशेष कार्यक्रममा मासिक पत्रिका कलेज रिडर्सले होराइजनलाई ‘इमर्जिङ स्कुल अफ द एअर’ अवार्ड प्रदान गरेको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । कलेज रिडर्सले नेपालको गुणस्तरीय शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवम् शिक्षाविदहरुको अतुलनीय योगदानको पहिचान र कदर गर्दै Read More…
होलिबेल स्कुलमा विद्यार्थीका लागि दशैँमा लिङ्गे पिङ
बाहुण्डाँगी । दशैको आगमनसँगै होलीबेल अंग्रेजी स्कुल धुलावारीले विद्यार्थीहरुका लागि विद्यालयमा लिङ्गे पिङ बनाइदिएको छ । विद्यालय प्रांगणमा निर्माण गरिएको उक्त लिङ्गे पिङको आइतवार उद्घाटन गरिएको हो । हाम्रो पम्परा हाम्रो संस्कृति भन्ने नारालाई आत्मासाथ गर्दै विद्यालयले विद्यार्थीहरुलाई दशै र लिङ्गे पिङको महत्वलाई उजागर गर्नका निम्ति पहिलो पटक विद्यालयमा पिङ सञ्चालन गरेको विद्यालयकी प्रिन्सिपल अरिस्ता Read More…
आदर्श माविको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक
मेचीनगर । झापाको मेचीनगर ८ स्थित आदर्श मावि आयबारीले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन कुमार पोख्रेल रहेको थियो । कार्यक्रममा आय ब्यय सामाजिक लेख परिक्षण २०७८/२०७९ को साथै कक्षा ९ र १० को बिध्यार्थीहरुको शैक्षिक प्रगतिका लागि विद्यालयको योजना संगै अभिभावकको सुझाव सङ्कलन Read More…
डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने झापाका प्याकुरेलसहित ९ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जना पक्राउ परेका छन् । डिभी परेपछि भिसा पक्रियामा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर Read More…
अब धुलाबारी क्याम्पसमा नै इन्जिनियरिङ पढाइ हुने
झापा । झापाको धुलाबारी क्याम्पसमा अब इन्जिनियरिङ विषय अध्ययन हुने भएको छ । क्याम्पसले यसै बर्षदेखि इन्जिनियरिङ विषयको स्नातक तहको पठनपाठन सञ्चालन गर्ने भएको हो । योसँगै सिभिल इन्जिनियरिङको स्नातक तह (बीई) पढाई हुने धुलाबारी क्याम्पस झापाकै पहिलो सामुदायिक क्याम्पस भएको छ । क्याम्पस प्रशासनले आज पत्रकार सम्मेलन आयोजना गरी बीई कक्षाको पठनपाठन हुने विषयमा Read More…
बालदिवसको अवसरमा केर्खा पब्लिक बोर्डिङ्ग स्कूलको विविध कार्यक्रम सम्पन्न
मेचीनगर । झापाको कमल ३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ । बुधबार विद्यालय परिसरमा विद्यालयले आफ्ना विद्याथीहरु बिच हाजिर जवाफ, नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलाप आयोजना गरिएको विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले जानकारी दिए । विद्यार्थीलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सधै झै विभिन्न क्रियाकलापमा सहभागी गराउदै Read More…
बाल दिवसमा बलभद्र आविमा नृत्य तथा सम्मान
बाहुण्डाँगी । राष्ट्रिय बाल दिवसको अवसर पारेर बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार विद्यालयमा आयोजित समारोहमा विद्यालयका पूर्व प्रधानाध्यापक तिलक धिमाल र पूर्व विद्यालय कर्मचारी सन्तबहादुर थापालाई सम्मान गरिएको थियो । यसैगरी, विद्यार्थीहरुद्धारा प्रतियोगि नृत्य प्रस्तुत गरिएको थियो । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो Read More…
कनकाई क्याम्पसमा क्युएए प्रमाणपत्र प्राप्त भएको खुशीमा दिप प्रज्वलन
चन्द्र बस्नेत झापा । झापाको कनकाई ३ सुरुङ्गामा रहेकोे कनकाई बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरे सगै यस क्याम्पस संग सरोकार राख्ने सबै सरोकारवालामा खुसियाली छाउनु स्वभावीकै हो । क्याम्पसले उक्त प्रमाण पत्र प्राप्त गरे संगै यहाँ अध्ययनरत बिद्यार्थीहरुले आज साझ हर्सोउल्लासका साथ क्याम्पस परिसरमा दिप प्रज्वलन गरेका छन । क्याम्पसमा रहेका सबै संगठनका बिद्यार्थीले Read More…










