काठमाडौं, जेठ १५ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।
शिक्षा
नेविसंघद्वारा झापामा राँके जुलुश
झापा, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाकाे विभिन्न पालिकामा नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेको छ । प्रम ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले आज साँझ झापामा राँके जुलुश निकालेको हो । नेविसंघ जिल्ला समिति झापा र नगर समिति बिर्तामोडको आयोजनामा बिर्तामोडमा राँके Read More…
नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल
काठमाडौं, जेठ २ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आङ्कलन Read More…
एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालको लागि स्थगित
काठमाडौं, बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले Read More…
एसइई र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा
काठमाडौँ, बैशाख २६ । कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुगेकाे छ । जेठ १३ देखि एसइई र जेठ २६ देखि कक्षा १२ को तय भएको परीक्षाकाे तयारी अन्तिम चरणमा पुगेकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ । काेराेना महामारीका कारण परीक्षामा के हुने भन्ने अझै अन्योल छ । सरकारले देशभरका शैक्षिक संस्था बन्द Read More…
देशभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, बैशाख १४ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । ‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने । त्यस्तै, सबै प्रकारका Read More…
वैशाख मसान्तसम्म सबै बिद्यालयमा पठन पाठन बन्द गर्ने मेचीनगरको निर्णय
मेचीनगर, बैशाख ७ । मेचीनगर नगरपालिका नगरभित्रका सबै बिद्यालयहरुमा पठन पाठन बन्द गर्ने निर्णय भएको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो । नेपाल सरकारले सोमबार कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सहरी क्षत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोहि निर्देशन Read More…
ताप्लेजुङ जिल्लास्तरीय वक्तित्वकला प्रतियोगितामा निशाम थेवे च्याम्पियन
देबु बानियाँ झापा । सिरिजङ्गा गाउँपालिका ताप्लेजुङले आयोजना गरेको “जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, २०७८“ सिनाम नमूना मा.वि. सिरीजङ्घा १, सिनामकी छात्रा निशाम थेबे च्याम्पियन बनेकी छिन् । नयाँ वर्ष २०७८ को अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा फाइनल चरणका उत्कृष्ट ५ लाई पछि पार्दै थेवेले प्रतियोगिताको उपाधी चुमेकी हुन् । उपाधीसँगै उनले नगद Read More…
झापामा काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द हुने
झापा, बैशाख ६ । कोरोना संक्रमण बढेपछि सरकारले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निणर्य गरेको छ । मन्त्री परिषदको निणर्यमा झापाका तीन शहर परेका छन् । सरकारको निणर्यसँगै झापाका शहरी क्षेत्रहरूमा काँकरभिट्टा, बिर्तामोड र दमक रहेका छन् । त्यस्तै अन्य शहरहरुमा विराटनगर, इटहरी, धरान, जनकपुर, राजविराज, वीरगञ्ज, काठमाडौं, ललितपुर, भक्तपुर, हेटौँडा, पोखरा, बुटवल, Read More…
अनेरास्ववियू काँकरभिट्टा क्याम्पसद्वारा लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न
मेचीनगर, चैत ३१ । लागुपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यका साथ अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसले मंगलवार लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा लागुऔषधले पार्ने प्रभाव, दुव्र्यसनबाट बच्ने तरिकाबारे विद्यार्थीलाई जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि दुर्गा धमलाले जीवनलाई कर्तव्य र आनन्दको Read More…








