दमक, असार २६ । दमक–९ मा रहेको सरस्वती माबिमा नेविसंघ झापाले गरेको तालाबन्दी शुक्रबार खुलेको छ। नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले दिएको जानकारी अनुसार उक्त बिद्यालयमा प्रधानध्यापक नियुक्तिमा विवाद भएर तालाबन्दी गरे पनि आफ्नो माउ पाटी नेपाली काङ्ग्रेस र नेकपाले यहि असार ३० गते भित्रमा सहमति निकाल्ने भनेपछि ताला खोलेको ढकालले बताए ।
शिक्षा
नेविसंघद्वारा दमकको सरस्वती माविमा तालाबन्दी
दमक, असार २५ । दमक ९ स्थित सरस्वती माविको प्रधानाध्यापक कक्षमा बिहीबार प्रमुख प्रतिक्षय पार्टी नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाले तालाबन्दी गरेको छ । संघका जिल्ला नेतासहितको समुहले निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कार्य कक्ष बाहिर निकालेर तालाबन्दी गरेको हो । सो विद्यालयमा गत माघ ५ गतेदेखि तत्कालिन प्रधानाध्यापक गणेशकुमार पौडेलले Read More…
कोरोना रोक्न इस्ट होराइजनको पाइडल टेङ्की
झुलन रेग्मी मेचीनगर, असार २३ । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने (पाइडल टेङ्की) राखेको छ । नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको Read More…
अब कक्षा ११ को परीक्षा नहुने, कलेजले नै विद्यार्थीलाई अंक दिने
काठमाडौं, असार २१ । सरकारले यो वर्षको कक्षा ११ को परीक्षा नगर्ने निर्णय गरेको छ । वैशाख २१ गतेबाट परीक्षा सुरु गर्ने कार्यतालिका थियो । तर विश्वभर कोरोना महामारी बढे संगै देशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछी परिक्षा स्थिगित भएको थियो । परिक्षा स्थिगीत भए संगै बिद्यार्थीहरु अन्योलमा रहेका थिए Read More…
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
काठमाडौँ, असार २१ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । यसै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ । पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको Read More…
एसईई खारेज, विद्यार्थीलाई परीक्षा बोर्डले नै प्रमाणपत्र दिने
काठमाडौं, जेठ २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेलगत्तै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन । ‘विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई Read More…
एसइईबारे एक साताभित्र निर्णय गरिने
काठमाडौँ, जेठ २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा Read More…
नयाँ निर्देशिकासहित असार १ गतेबाट पठनपाठन गर्न मन्त्रालयको आग्रह
काठमाडौँ, जेठ १८ । कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण शिक्षामा परेको असर न्यूनिकरणको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रयास थालेको छ । कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । यस अवस्थामा पठन पाठन सहज बनाउनको लागि मन्त्रालयले “वैकल्पिक प्रणालीबाट बिध्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७” जारी गरी बैकल्पिक माध्यमबाट पठन Read More…
एसईई हुन्छ, तयारीमै रहनुस् : शिक्षा मन्त्रालय
काठमाडौं, बैशाख २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो । त्यसयता जनप्रतिनिधि र Read More…
अनेरास्ववियूले गर्यो भारत विरूद्व काँकडभिट्टामा साँकेतिक विरोध प्रदर्शन
झापा, बैशाख २७ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू मेचीनगर कमिटीले आज काँकडभिट्टामा भारत विरुद्ध साँकेतिक विरोध प्रदर्शन गरेको छ । नगर कमिटी अध्यक्ष सन्तोष धमला नेतृत्वको टोलीले नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो बनाएको विरोधमा प्रदर्शन गरेको हो । संगठनका जिल्ला सह संयोजक दुर्गा धमलाको विशेष उपस्थितिमा भेला भएका विद्यार्थीहरुले भारतीय हस्तक्षेप Read More…








