झापा, बैशाख १८ । मेचीनगर–९ स्थित धुलाबारीमा रहेको होलीबेल अंग्रेजी मावीले प्रविधिमैत्री बन्दै अनलाइन शिक्षा सुरू गरेको छ । कोरोना भाइरस संक्रमणको नियन्त्रण एवम् सुरक्षार्थ सरकारले जारी गरेको लकडाउनलाई ध्यानमा राख्दै विद्यालयले आफ्ना विद्याथीहरुको पठनपाठनमा समस्या नआवोस भनेर अनलाईन शिक्षा संचालनमा ल्याइएको विद्यालय भाइस इन्चार्ज सुरज कार्कीले बताए । विद्याथीहरुले अनलाइन मार्फत घरमा नै बसी Read More…
शिक्षा
मेची अभियानले ल्यायो काठमाडौंबाट निशुल्क ३८ विद्यार्थी झापा
झापा, बैशाख १६ । मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियानले काठमाडौँको विभिन्न कलेजमा अध्ययनका लागि गएका मेचीनगरका विद्यार्थीहरु विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई आज मंगलबार मेचीनगर ल्याएको छ । एस एस ट्राभल्सको सहकार्यमा अभियानले मंगलबार काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । काकडभिट्टाबाट हिजो गाडी पठाएर उनीहरूलाई निशुल्क घर आउने Read More…
परीक्षाफल प्रकाशित गर्न विद्यालयहरुलाई मेचीनगर नगरपालिकाको निर्देशन
झापा, बैशाख १४ । मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको छ । नगरपालिकाको शिक्षा शाखाले आइतबार नगरका सबै विद्यालयहरुलाई इमेलमार्फत परिपत्र गरेर यस्तो निर्देशन गरेको हो । यहि वैशाख १८ गतेभित्र २०७६ को बार्षिक परीक्षा सञ्चालन अन्तरगत कक्षा ८ वाहेक Read More…
शैक्षिक संस्था सबैभन्दा अन्तिममा खोलिने: मन्त्री पोखरेल
काठमाडौं, बैशाख १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले शैक्षिक संस्था तत्काल खोल्ने वातावरण नरहेको भन्दै सबैभन्दा अन्तिममा खोलिने बताएका छन् । सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भएको उनले बताए। यस्तै अहिले देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाईएकाले पनि Read More…
विद्यालयतहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने
झापा, बैशाख १३ । कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् । विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आगामी सातासम्म दिने गरी तयारी गरिएको छ Read More…
नेपाल शिक्षक संघद्वारा राहत कोषलाई सहयोग
ईलाम, चैत २६ । बिश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) ले ल्याएको बिपतमा यसबाट आम चुलाचुली गाउँपालिका बासीलाई परेको बिपदको समयमा स्वास्थ्य लगायत अन्य दैनिक अति आवश्यक बिपदका सामाग्रीहरुको ब्याबस्थापन गर्ने उदेश्यले चुलाचुली गाँउपालीका ईलाम विपद व्यवस्थापन कोष स्थापना गरिएको छ । अहिले उक्त राहत कोषमा विभिन्न संघसंस्था, राजनैतिक दल, सहयोगी दाताहरुबाट Read More…
विद्यार्थी भर्ना प्रभावित
काठमाडौँ, चैत २६ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ । विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको थियो । यस पटक Read More…
गाउँपालिकाद्वारा एसइईका परीक्षार्थीलाई घरघर पुर्याउन सुरु
स्याङ्जा, चैत ६ । जिल्लाको फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्यादिन शुरु गरेको छ । यसका लागि सो गाउँपालिकाले आज बिहानदेखि निःशुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । कोभिड–१९ को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि Read More…
कोरोनाको प्रभाव: एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं, चैत ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबार (भोलि)देखि हुने परीक्षा स्थगित गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको हो । Read More…
विद्यार्थी नेता पौडेलद्वारा जन्मदिनमा विद्यार्थीलाई स्कुल ब्याग वितरण
झापा, चैत ३ । अनेरास्ववियू मेचीनगरका विद्यार्थी नेता अाशिष पौडेलले अाफ्नो २१ अौं जन्मोत्सवको अवसर पारेर स-साना विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेका छन् । उनले मेचीनगर ९ स्थित हरि आधारभुत विद्यालयमा कक्षा ३ सम्म अध्यायनरत विद्यार्थीहरूलाई ४० थान स्कुल ब्याग वितरण गरेका हुन् । विद्यालयका भुपु विद्यार्थी तथा भुपु विद्यार्थी संघका सचिव समेत रहेका पौडेलले Read More…









