झापा, पुष ५ । सीमान्तकृत मेचे जातिको बसोबास रहेको झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित भानु आधारभूत विद्यालयलाई सञ्जीवनी महिला विकास संस्थाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । विद्यालयको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा विद्यालयलाई सो सहयोग हस्तान्तरण गरिएको हो । संस्थाकी अध्यक्ष रेणुका डाँगीले सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट प्राप्त रकमबाट विद्यालयलाई कम्प्युटर Read More…
शिक्षा
एसईई परीक्षा चैत ६ देखि, परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
काठमाडौँ, पुस १ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म चल्नेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुने बोर्डले जनाएको छ ।
एसबी निकेतनमा ५१ वटा इभेन्ट प्रस्तुत
झापा, मंसिर २८ । मेचीनगर–१ स्थित एसबी निकेतन अंग्रेजी विद्यालयले शुक्रबार बृहत खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सो विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङले गरेका थिए । कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि तामाङले विद्यार्थीका अन्र्तनिहीत खेल प्रतिभा प्रस्फुटन गराउन खेलकुद कार्यक्रमले सघाउ पुर्याउने बताए । सो Read More…
स्ववियुले लगाएको तालाबन्दी विरुद्ध अनेरास्ववियूले गर्यो विरोध
काठमाडौं, मंसिर २२ । स्ववियुले लगाएको तालाबन्दी विरुद्ध आयुर्वेद क्याम्पस कीर्तिपुर अनेरास्ववियूका विद्यार्थीहरुले आईतबार विरोध सभा आयोजना गरेका छन् । स्ववियुले विगत तीन हप्तादेखि प्रशासनिक भवनमामा तालाबन्दी गरेपछि क्याम्पसको प्रशासनिक कार्य ठप्प भएको छ । क्याम्पसमा तालाबन्दी भएपछि नियमित पठनपाठनमा अवरोध भएको भन्दै स्ववियुको विरोधमा विद्याथीहरु उत्रिएका छन् । तालाबन्दीले विद्यार्थीहरुको परीक्षाफलमा समेत ढिलाई भएको Read More…
दर्जन बढी विद्यार्थी बिरामी भएपछि विद्यालयमै धामी राखियो
मोरङ, मंसिर १६ । मोरङको एक विद्यालयमा तीन दिनदेखि विद्यार्थी लगातार बिरामी भएपछि विद्यालयमै धामी राखिएको छ । मोरङको बेलबारी–६ बोराबाँधस्थित वीरेन्द्र माध्यमिक विद्यालयका दर्जनभन्दा बढी बालिका लगातार तीन दिनसम्म एकाएक बिरामी भएका हुन् । मुर्छा पर्ने, हातखुट्टा चिसो अनि लल्याकलुलुक हुने र चिच्याएर रुने गरेपछि शनिबार राति विद्यालयमा धामी बसाएर जोखना हेरिएको छ । Read More…
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
काठमाडौं, मंसिर ०२ । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न हुनुभएको छ । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक हुनुभएको हो । विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु भएको हो । तत्कालीन Read More…
नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै विद्यार्थीले गरे मेची पुलमा विरोध
झापा, कात्तिक २५ । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा काँकरभिट्ट मावि र क्याम्पसमा अध्यायनरतहरुले नेपाल र भारत जोडिएको झापाको काँकरभिट्टा स्थित मेची पुलमा सोमवार बिहान प्रदर्शन गरेका छन् । काँकरभिट्टा मावि र क्यम्पसका विद्यार्थीहरुको संयुक्त आयोजनामा भएको प्रदर्शनमा करिब २०० को संख्यामा विद्यार्थी तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भारतीय बिस्तारवाद Read More…
देउसीको रकमले विपन्नलाई शैक्षिक सामाग्री
झापा, कात्तिक २३ । रोट्रयाक क्लब अफ विर्तामोडले देउसीबाट संकलित रकमले विर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयका ५० जना विधार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि रोटरी क्लब अफ विर्तामोडकी अध्यक्ष निकिता गिरीले शैक्षिक सामाग्रीहरू निशुल्क पाएपछि यसले पढाईमा प्रोत्साहन मिल्ने,विपन्न परिवारका विधार्थीहरूलाई अलिकति भएपनि सहयोग पुग्ने र आगामी दिनमा पनि यसै Read More…
नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै नेविसंघ झापाले गर्यो विरोध
झापा, कात्तिक २२ । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघ झापाले झापाको चन्द्रगढीमा शुक्रवार प्रदर्शन गरेको छ । नेविसंघ झापा जिल्ला समिति र मेची क्यम्पस को संयुक्त आयोजनामा भएको प्रदर्शनमा करिब ३०० को संख्यामा विद्यार्थी तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भारतीय बिस्तारवाद मुर्दावाद , सिमा Read More…
कनकाई घटनाको सबै जिम्मेवारी सञ्चालक समितिले लिनुपर्छ, अनेरास्ववियू
झापा, कात्तिक २२ । कनकाई बहुमुखी क्याम्पस सुरुङामा भएको सबै प्रकारको घटनाको जिम्मेवारी क्याम्पस प्रशासन र सञ्चालक समितिले लिनुपर्ने भन्दै अनेरास्ववियू झापाले आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहीवारको घटनालाई लिएर अनेरास्ववियू झापाले विज्ञप्ति जारी जारी गर्दै सञ्चालक समितिको कदमको घोर भत्सर्ना गरेको छ । विज्ञप्तिमा भनिएको छ, – क्याम्पसमा देखिएका विकृति तथा विना कारण Read More…










