काठमाडौँ चैत १५ । एसईई अन्तर्गत आज हुने सामाजिक विषयको प्रदेश नम्बर २ को परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज गरेको निर्णय अनुसार बिहीबार राति आउट गरिएको प्रश्नपत्र आधिकारिक पाइएकाले रेगुलर तर्फको सामाजिक विषयको परीक्षा रद्द भएको शिक्षा निर्देशनलाय निर्देशक रमाकांत शर्माले जानकारी दिएका छन् । उनका अनुसार रेगुलर तर्फको परीक्षा रद्द Read More…
शिक्षा
गुणस्तरिय शिक्षा प्रदान गर्दै अभिभावकहरुको मन जित्न सफल केर्खा पब्लिक स्कुल
झापा, चैत १५ । स्थापना भएको छोटो समयमा नै गुणस्तरिय शिक्षा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ केर्खा पब्लिक बोर्डीङ्ग स्कुल । कमल गाँउपालिका–३ स्थित केर्खा बजारमा वि.स. २०७१ सालमा स्थापना भएको केर्खा पब्लिक बोर्डीङ्ग स्कुलले अध्ययन संगै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहदै आएको छ । त्यसैले पछिल्लो समय यस विद्यालयमा Read More…
प्रदेश २ मा एसईईको विज्ञान विषयको परीक्षा रद्द, चैत २२ गते पुनः परीक्षा
काठमाडौँ चैत १४ । प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उनले जनाए। ‘२१ गते सबै विषयको परीक्षा सकिन्छ, त्यसपछि प्रदेश २ Read More…
एसइई परीक्षा आजबाट
युवराज आचार्य झापा / अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परिक्षा आजबाट सुरु हुदैछ । यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार Read More…
घट्दै एसइई परीक्षाको हाउगुजी
काठमाण्डौं / अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै गएको छ । जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि विगतको प्रवेशिका एसएलसी मा जस्तो विद्यार्थी र अभिभावकमा त्रास र डरको भार घटेको पाइएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाको मान्यता Read More…
यस बर्षको एसइईमा छात्रभन्दा छात्रा बढी
काठमाण्डौ / यस वर्षको एसइई यही चैत १० गतेदेखि २१ गतेसम्म यो परीक्षा देशभर एकैसाथ हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख Read More…
लक्ष्मी क्याम्पस कचनकवलमा अखिलको सरसफाई कार्यक्रम
झापा / कचनकवल गाँउपालिका ६ स्थित लक्ष्मी क्याम्पसका अनेरास्ववियु र अखिल क्रान्तीकारी विद्याथी संगठनले क्याम्पस परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य भक्त विश्वकर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कचनकवल गाँउपालिका वार्ड न. ६ का वडा अध्यक्ष कुल बहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । अनेरास्ववियु क्याम्पस बिशेस जिल्ला कमिटी झापाका अध्यक्ष Read More…
विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुलले गर्यो जुडो खेलाडीलाई सम्मान
झापा / विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुल भद्रपुरले आफ्नो विद्यालयमा अध्ययानरत १.न. प्रदेश स्तरिय जुडो खेल प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई एक कार्यक्रम बिच सम्मान गरेको छ आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ अन्तर्गत जुडो विधाको प्रदेश स्तरिय छनौट प्रतियोगितामा विदुर ईङ्गलिस वोर्डिङ्ग हाईस्कुलमा कक्षा दशमा अध्ययनरत छात्रा श्रेया मगर ५७ केजी तौल समुहमा प्रथम स्थान Read More…
प्याब्सनको अध्यक्षमा पुरी सर्वसम्मत
काठमाण्डौ / नीजि तथा आवासीय विद्यालय संगठन प्याब्सनको अध्यक्षमा टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । विधान संशोधन गरी अध्यक्षका प्रत्यासी डीके ढुंगानालाई सहअध्यक्ष बनाउने सहमतिपछि पुरी नेतृत्वमा प्याब्सनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । विधान संशोधन गरेर डीके ढुंगानालाई सह अध्यक्ष बनाउने सहमति भएको नव निर्वाचित उपाध्यक्ष टीकाराम ढकालले जानकारी दिनुभयो । यस्तै Read More…
कक्षा १२ का बिद्यार्थीलाई बिदाई
झापा / काँकरभिट्टा मा.वि. मा अध्यनरत कक्षा १२ का बिद्याथीहरुलाई एक कार्यक्रम बिच बिदाई गरेको छ । काँकरभिट्टा मा.वि. को प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि काँकरभिट्टा मा.वि.का प्रधानध्यपक तुलसी प्रसाद निरौलाले बिदाई हुने काँकरभिट्टा मा.वि. मा अध्यनरत कक्षा १२ का बिद्याथीहरुलाइ आउदै गरेको फाईनल परिक्षामा सफलताको अग्रिम शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सह प्रधानध्यपक Read More…









