शिक्षा

झापा नेशनल स्कुलको विरासत कायमै, यस बर्ष पनि प्रथम

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको छ । मेचीनगर–४ बाहुनडाँगी सामुदायिक भवनमा आयोजित पहिलो दिन भएको प्रतियोगितामा मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले मोडल डान्समा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा फरक प्रस्तुति दिँदै झापा नेशनलले सर्वाेत्कृष्ट स्थान Read More…

शिक्षा

प्याब्सन मेचीनगरको ‘कुम्भमेला’ बाहुनडाँगीमा

बाहुनडाँगी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा लिइने उक्त ‘कुम्भमेला’ सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले बताए । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रममा प्याब्सनमा आबद्ध मेचीनगरका झण्डै ३५ वटा विद्यालयका विद्यार्थी, Read More…

शिक्षा

अरनिको बिद्यालय : बिद्यार्थीले मतदानबाट छाने क्याप्टेन

मेचीनगर ।  संसदीय निर्वाचनको झल्को दिने गरि मेचीनगर-७ अरनिको माध्यमिक बिद्यालयले बिद्यालय क्याप्टेन चयन गरिएको छ । निर्वाचन प्रक्रियाबाट शुक्रवार विद्यार्थीले आफ्नो मत दिई बिद्यालय तथा सदन क्याप्टेन छनौट गरेका हुन् । निर्वाचन मार्फत बिद्यालय क्याप्टेनमा कक्षा १० का बिद्यार्थी बिजय तामाङ, भाईस क्याप्टेन बिश्वास कार्की निर्वाचिन भएका छन् । यस्तै सदन अन्तरगत पहेलोमा चन्द्रकला बस्नेत Read More…

शिक्षा संघ \संस्था

दुर्घटना न्यूनिकरणका लागि झापा नेशनलले बनायो जेब्राक्रस

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु इटाभट्टामा जेब्राक्रस निर्माण गरिएको छ । मेचीनगर –७ इटाभट्टा पूर्व झापा नेशनल स्कुल जाने बाटोमा जेब्राक्रस निर्माण गरिएको हो । पूर्व पश्चिम राजमार्ग भएकाले अत्याधिक सवारी चापका कारण आवातजावतमा समस्या सिर्जना भएपछि जेब्राक्रस निर्माण गरिएको हो । राजमार्गको दक्षिण दिशामा विद्यालय भएका कारण आवातजावतमा समस्या भएको थियो । Read More…

शिक्षा

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । शुक्रवार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो । तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिए । Read More…

शिक्षा

आन्दोलनरत शिक्षकहरुको जायज माग सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बुधबारदेखी अनिश्चतकालीन रुपमा विद्यालय बन्द गरेर सडक आन्दोलनमा उत्रीएका सामुदायीक विद्यालयका शिक्षकहरुको आन्दोलन प्रति समर्थन जनाएका छन् । बिहिबार गृह जिल्ला झापाको आफ्नै नगर दमकमा राष्ट्रिय यूवा सघं नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आन्दोलनरत शिक्षकहरुको जायज मागहरु सरकारले यथाशिघ्र Read More…

शिक्षा

धुलाबारी माविद्वारा तीन दर्जन भन्दा बढीलाई सम्मान

धुलाबारी। धुलाबारी माध्यमिक विद्यालयले तीन दर्जन भन्दा बढीलाई सम्मान र छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो । पुरस्कृत र सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले दोसल्ला अविर र प्रमाणले सम्मान Read More…

शिक्षा

धुलाबारी क्याम्पसले पायो सम्बन्धन पत्र, अब इन्जिनियरिङको पढाई हुने

मेचीनगर । नेपालमै पहिलोपल्ट सामुदायिक क्याम्पस अन्तर्गत धुलाबारी क्याम्पसले इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको लागि सम्बन्धन पाएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र) दिएको छ । देशभरमा ५६३ वटा सामुदायिक क्याम्पस रहेकोमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह पढाउने अनुमति पाएको क्याम्पस Read More…

शिक्षा स्वास्थ्य

विद्यालयमा विद्यार्थी एक्कासी बेहोस भएर ढल्न थालेपछि स्वास्थ्यकर्मी लिएर पुगे मेयर बुढाथोकी

मेचीनगर । मेचीनगर-६ स्थित काँकरभिट्टा माविमा अध्ययरत विद्यार्थी बेहोस हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मी सहितको टोलि लिएर विद्यालय पुगेका छन् । केहि दिन अघिदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउँने विद्यार्थीहरु एकदुई जना बेहोस हुने क्रम रहेकोमा आइतबार मात्रै कक्षा ७ मा अध्ययरत १३ जना छात्राहरू कक्षा कोठामा नै चिच्याउने, काम्ने, तथा बेहोस हुन थालेपछि Read More…

शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठकपश्चात् परीक्षाफल सार्वजनिक भएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले गतवर्ष भन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बताए । उनका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका Read More…