धुलाबारी । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै धुलाबारी जेसीजले झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवारसँग मतदाताको प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रममा हालसम्म ८ जना उम्मेदवार सहभागी हुन सहमत भइसकेका छन् भने अन्य उम्मेदवारलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ। धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालले मतदाताले आफ्नो नाम, Read More…
संघ \संस्था
सशस्त्र प्रहरीद्वारा मेचीनगरबाट एकल वृद्ध पुरुषको उद्धार
झापा । मेचीनगर नगरपालिका–१५ टुक्रे बाँधस्थित मेची नदीबाट करिब १५० मिटर पूर्व चिया बगान क्षेत्रमा टहरा बनाई बस्दै आएका एकल वृद्ध पुरुषको उद्धार गरिएको छ। आज दिउँसो १२:४० बजेको समयमा सानो पराल र प्लास्टिकले बनाइएको टहरामा बसोबास गर्दै आएका करिब ६८ वर्षीय पूर्णबहादुर भट्टराईलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी ज्यामिरगढीबाट सप्रनानी अमर खड्काको कमाण्डमा खटिएको ७ Read More…
न्यूटन्स एजुकेशनद्वारा पत्रकार न्यौपाने सम्मानीत
बिर्तामोड । झापा बिर्तामोड–५ को न्यूटन्स एजुकेशन एकेडेमीले एभिन्युज टेलिभिजनका झापा सम्बाददाता तथा साझा अनलाईन न्युज पाेटलका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औं बार्षिकोत्सवका अवसरमा आज (शुक्रवार) पत्रकार न्याैपानेले पत्रकारिता क्षेत्रबाट पुर्याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै उनलाई दाेसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएकाे हाे । झापा बिर्तामाेड स्थायिबासी पत्रकार Read More…
काँकरभिट्टा खानेपानीको ३० औं साधारणसभामा ज्येष्ठ नागरिक र कर्मचारी सम्मानित
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको ३० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । खानेपानीको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले साधारण सभालाई सम्बोधन गर्दै सरकारले खानेपानी संस्थाबाट लिने २५ प्रतिशत शुल्कको विरोध जनाए । उनले सरकारले ल्याएको उक्त निर्णय Read More…
लोकतन्त्र म्यागजिन लोकापर्णसँगै १५ जेनजी सम्मानित
झापा । ‘गरिखाने संस्कृतिको पुनर्जागरण’ भन्ने नारासहित लोकतन्त्र म्यागजिन लोकापर्णसँगै झापाका १५ जेनजी युवा सम्मानित भएका छन् । नौ वर्षअघि प्रकाशन आरम्भ गरेको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक विशेष म्यागजिन सार्वजनिक गर्दै श्रम, सिर्जना र आत्मनिर्भरताको बाटोमा हिँडेका १५ जना जेनजी युवालाई सम्मान गरेको हो । काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.द्वारा सञ्चालित पत्रिकाले आइतबार Read More…
बृहद् साँस्कृतिक कार्यक्रममार्फत तामाङ सांस्कृतिक संग्रहालय बनाउने उद्घोष
धुलाबारी । नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो (घोडा वर्ग सोनाम ल्होछार) अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायहरुले एकआपसमा शुभकामना साटासाट गरेर पर्व मनाएका हुन् । ‘नेपाल राष्ट्रिय शान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ तामाङ तथा अन्य समुदायका Read More…
जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा सम्मान
मेचीनगर । मेचीनगर– १० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । यहाँ स्थित शान्ति समाजको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सापकोटाले पछिल्लो समय सहकारीलाई कमजोर बनाउन अराजक तत्वहरुसक्रिय भइरहेको Read More…
दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर – ८ स्थित दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले पछिल्लो समय केही ब्याक्तिहरुको कारण देशभरका सहकारी बदनामा भइरहेको भन्दै Read More…
पिपलडाँडा टोलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै
मेचीनगर । मेचीनगर–५ स्थित पिपलडाँडा टोलमा धार्मिक चेतना अभिवृद्धि तथा सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। पिपलडाँडा टोल विकास संस्थाको आयोजनामा महायज्ञ माघ २६ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महायज्ञका प्रमुख वाचकका रूपमा पं. श्री नेत्रप्रसाद महराई रहनुहुनेछ भने उपवाचकका रूपमा पं. श्री Read More…
इन्डो–नेपाल मेचीनगर मिडियाकपको लोगो सार्वजनिक
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच लोगो सार्वजनिक गरिएको हो । लोगो ट्रफी आकारमा छ । त्यस भित्र सबैभन्दा माथि फुटबल छ र फुटबल भित्र मेचीनगरका पर्यटकीय स्थलहरु समावेश छन् । लोगोको बीच भागमा नेपाल र Read More…










