काठमाडौँ /राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र Read More…
समाचार
शिक्षा मन्त्रालय अन्तर्गतका स्रोत व्यक्तिलाई हटाउने
काठमाडौं– सरकारले देशभर कार्यरत १ हजार ५३ जना स्रोत व्यक्तिलाई पहिलेकै अवस्थामा (शिक्षक)मा काज शरुवा गर्ने भएको छ । गत फागुन ३ गते बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न समयमा माध्यमिक तह कार्यरत शिक्षकलाई स्रोत व्यक्ति (आरपी)का रुपमा काजमा खटाएको थियो । २०३८ सालदेखि शुरु भएको स्रोत केन्द्रको अवधारणअन्तर्गत विद्यालय र शिक्षा कार्यालयबीच समन्वय गर्ने उद्देश्यका साथ Read More…
कार्यदलसहित बैठक बस्ने निर्णय भन्दै नेकपा सचिवालय बैठक सकियो
नेकपा सचिवालय बैठक सकियो स् कार्यदलसहित बैठक बस्ने काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा तल्लोतह सम्मको पार्टी एकता प्रक्रिया टुंग्याउने जिम्मेवारी पाएको कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा भएको छलफलका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले आज(सोमबार) को बैठकमा कार्यदलले बुझाएको Read More…
नयाँ शक्तिका सांसद कांग्रेस प्रवेश गर्दै
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश(३का एकमात्र प्रत्यक्ष निर्वा्चित सांसद प्रेम तमाङ नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो। प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले प्रत्यक्ष निर्वाचन जितेका थिए। फागुन १३ गते Read More…
१२ हजार शाखा अधिकृतको समायोजन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ। संघ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। उनका अनुसार प्रशासन, लेखा, राजस्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा Read More…
विप्लव कार्यकर्ताले गरे झापाको सदरमुकाममा भब्य कार्यक्रम
झापा । नेपाल कम्युनिस्ट पार्टीको जनबर्गीय संगठनहरुको आयोजनामा झापाको भद्रपुरमा संयुक्त झापा जिल्ला सम्मेलन आइतबार भब्य रुपमा सम्पन्न भएको छ। झापाको भद्रपुरमा सम्पन्न सम्मेलनमा किसान मजदुरसंघका अध्यक्ष खोम मिश्रले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिएभने प्रमुख अतिथिको आशन ग्रहण नेकपा पोलिट्व्युरो सदस्य एवम् भुमिहिन सुकुम्बासी महासंघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनले गरेका थिए। कार्यक्रममा विद्यार्थी ,आम Read More…
साउदी अरबले पाकिस्तानलाई २० अर्ब डलर उपलब्ध गराउने
पाकिस्तान र साउदी अरबबीच २० अर्ब डलरको सम्झौता भएको छ । पाकिस्तान भ्रमणमा रहेका साउदी राजकुमार मोहम्मद बिन सलमानल र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच २० अर्ब डलरको सम्झौता भएको हो । सलमानले पाकिस्तानलाई दिन लागेको सम्झौता रकम के कामका लागि भन्ने बारे भने खुलाइएको छैन । प्रधानमन्त्री खानसँगको भेटमा सलमानले पाकिस्तानको भविष्य राम्रो भएको पनि Read More…
राष्ट्रपतिकाे सत्तापक्ष र प्रतिपक्षलाई आग्रह – दूरी घटाउनुहोस्
काठमाडौं / पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्। चबमष्य लबनबचष्प अयखभच बम आइतबार साझ राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारलाई Read More…
थामखर्क विमानस्थलमा शनिबार र बुधबार उडान भर्ने
खोटाङ – कालोपत्रे सम्पन्न भएपछि अब खोटाङको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले हप्ताको दुई दिन उडान भर्ने भएको छ । खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले साताको शनिबार र बुधबार उडान भर्ने भएको हो । परीक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाण्डौ–थामखर्क–काठमाण्डौ तथा बुधबार काठ्माण्डौ–थामखर्क–विराटनगर र विराटनगर–थामखर्क–काठमाण्डौ उडान भर्ने तालिका बनेको थामखर्क Read More…
कश्मीर घटनापछि भारत आक्रोसित
भारतले काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि शनिवार दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ। पुलवामामा भएको दुर्घटनामा परी केन्द्रीय रिजर्व प्रहरी बलका ४४ जवानको ज्यान गएपछि भारतले पाकिस्तानविरूद्ध थप यस्तो निर्णय गरेको हो। भारतीय संचारमाध्यमका अनुसार जैश–ए–मोहम्मद समूहले उक्त आत्मघाती बम विस्फोटको जिम्मा लिएको छ। भारत सरकारले पाकिस्तानमाथि उक्त Read More…








