स्वास्थ्य

रक्तदान सँगै साइकल यात्रा : मेचीमहाकाली यात्रा गर्दै सन्देश

काकडभिट्टा। स्वयंसेवा र सामाजिक समावेशीता कायम , “रक्तदान सँगै साइकल यात्रा” साइकल संस्कृतिको विकास र पर्यटन प्रवर्द्धनका लागि भन्दै २२ वर्षीय युवाले एकल मेचीमहाकाली साइकल यात्रा गर्ने भएका छन्,। पर्वतको कुश्मा नगरपालिका -१० पिपलटारीका २२ वर्षीय सन्देश सुवेदीले भोलि बिहान मेची पुलदेखि मेचीमहाकाली साइकल यात्रा सुरु गर्नेछन्, भने उनले यात्राका क्रममा देशका विभिन्न स्थानमा रक्तदान Read More…

विश्व स्वास्थ्य

डब्ल्यूएचओका महानिर्देशक डा. गेब्रेयसस आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी आज दिउँसो साढे १२ बजे राजधानी काठमाडौं आउन लागेका हुन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू समेत रहने छन् Read More…

स्वास्थ्य

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । ७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ Read More…

स्वास्थ्य

साङलोले बाँधेर राखिएका युवाको विएण्डसीद्वारा उद्धार

बिर्तामोड । विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट एक युवाको उद्धार गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको आज विहान प्रसाईले उद्धार गरेका हुन् । उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च विएण्डसीले व्यहोर्ने प्रसाईको भनाई छ । हल्दिबारी गाउँपालिका – ५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा Read More…

स्वास्थ्य

चौतारीको उपचार कोषलाई काफ्लेको सहयोग, यसैबर्ष दश लाख पुर्याइने

बिर्तामोड । प्रेस चौतारी झापाले पत्रकारका लागि झापामा स्थापित पहिलो उपचार सहयोग कोषलाई बढाउने भएको छ । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले कोषमा दश हजार एक सय रुपैयाँ सहयोग दिएर यसको सुरुवात गरेका छन् । साझामञ्च डटकमका सम्पादक समेत रहेका काफ्लेले आज आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार उपचार Read More…

स्वास्थ्य

झापामा हात्तीपाइलेविरुद्धको औषधी वितरण गरिँदै

झापा । स्वास्थ्य कार्यालय झापाले फागुन २८ गतेदेखि झापामा हात्तीपाइलेविरुद्धको औषधी वितरण गर्ने भएको छ । स्वास्थ्य कार्यालयले अभियानको थालनी स्वरूप शुक्रबार पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो । हात्तपिाइलेबाट बचाउन औषधी वितरणको राष्ट्रिय अभियानअन्तर्गत झापामा पनि वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चम्लागाईले जानकारी दिए । लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो Read More…

अर्थ स्वास्थ्य

मृत्युसगँ लडिरहेकी मेचीनगरकी अनिषाको जिवन बचाइदिन अपिल

झापा। झापाको मेचीनगर ३ निरगञ्ज गाउँमा बसोबास गर्ने ३१ बर्षिय अनिषा लिम्बु यतिबेला मृत्युसगँ लडिरहेकी छिन् । विगत १२ दिनदेखि उनि झापाको विर्तामोड स्थित बिएण्डसी अस्पतालको बेडमा छिन् । उनको दुवै मृगौला खराब भएको तथा फोक्सोमा पनि समस्या भएको चिकित्सकले बताएका छन् । सामान्य मजदुरी गर्ने परिवारकी उनको आर्थीक अभावका कारण उपचारमा समस्या आएको छ । Read More…

स्वास्थ्य

मेची अभियानद्वारा साङ्लोमा बाँधिएका बालकको उद्धार

झापा । झापामा स्थापना भएर विभिन्न सहयोगको अभियान चलाइरहेको मेची अभियानले घरमा साङ्लोमा बाँधिएका बालकको उद्धार गरेकाे छ । उपचार अभावमा करीब दुई बर्षदेखि आफ्नै घरमा साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका–५ का ९ वर्षीय बालक आकाश चौधरीको आज मेची अभियानले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हाे । अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोलीले बालकको घरमा Read More…

स्वास्थ्य

दारी ग्याङद्धारा रक्तदान कार्यक्रम

झापा । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय झापा लगायतका विभिन्न जिल्लाहरुमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ झापाका अध्यक्ष तथा कार्यक्रम सभापति गोकुल पौडेलले जानकारी दिए । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यता तथा नेपाल Read More…

स्वास्थ्य

मेचीनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर शुरु

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले तीनदिने सामुदायिक कुकुरको बन्ध्याकरण शिविर मंगलबारबाट शुरु गरेको छ । शिविरको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो । शिविर मेचीनगर नगरपालिकाको प्रायोजनमा धुलावारी माध्यमिक विद्यालयले नेपाल भेटरिनरी एसोशिएसन प्रदेश नम्बर १ पज सोसाइटि नेपालको प्राविधिक सहयोगमो Read More…