झापा, साउन २५ । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर-१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको Read More…
स्वास्थ्य
उपचारखर्च तिर्न नसक्दा चार महिने शिशु भारतमा बन्धक
झापा, साउन २४ । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बस्नुभएकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न Read More…
एमाले युवा नेता प्रसाईंलाई पितृ शोक
झापा, साउन २३ । नेकपा एमालेका युवा नेता चन्द्र प्रसाईंलाई पितृ शोक परेको छ । मेचीनगर ७ निवासी नेकपा एमाले जिल्ला कमिटी सदस्य, युथफोर्स झापाका पुर्व अध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाका अध्यक्ष समेत रहेका प्रसाईंका स्व पिता टिका प्रसाद प्रसाईको ९४ बर्षको उमेरमा शुक्रबार राति हृदय घातका कारण निधन भएको परिवार स्रोतले जनाएको Read More…
“कोभिड १९” के हो ? यस्ता छन् यसका लक्षण र बच्ने उपाय !
हाल विश्वभरी फैलिरहेका कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । कोरोना भाइरस रोगको मुख्य लक्षणहरू Read More…
कोरोना खोप लगाउन जाँदाको मेरो भोगाइ
विकास घिमिरे कमल, साउन २० । पेशाले म एक पत्रकार साथै सकोस को कर्मचारी भएको नाता ले म लगायत मेरो विदेश जान लागेको साथी र अर्को सकोस कै कर्मचारी साथी मिलेर झापाको कमल गाउँपालिका स्वास्थ्य चौकिमा लगभग १०:३० बजे परिचय पत्र बोकेर कोरोनाको खाेप लगाउन भनेर हामी पुगिम l निकै भीड भाड नै थियो । Read More…
मेचीनगरमा २७ सयबढीले लगाए जोन्सन खोप
मेचीनगर, साउन २० । कोरोना भाइरस विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप मेचीनगरमा २५ सयबढीले लगाएका छन् । मेचीनगरमा बुधबार र बिहीबार गरी दुईसम्म चल्ने जोन्सन खोप अभियान अन्तर्गत बुधबार सातवटा वडाका २ हजार ७ सय २६ जनाले खोप प्राप्त गरेका छन् । मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले दिएको जानकारीमा वडा नम्बर १ Read More…
मेचीनगरमा आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाईदै, कुन वडाको पालो कुन दिन(तालिका सहित)
मेचीनगर, साउन २० । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप मेचीनगरमा आजबाट लगाईंदै छ । आज र भोलि गरी दुई दिनसम्म चल्ने खोप अभियान सञ्चालन गर्नका लागि मेचीनगरमा वडागत विभाजन गरिएको छ । १५ वडा रहेका मेचीनगरमा बुधबार सात वटा वडा र बिहीबार आठ वडामा खोप लगाईंने नगर स्वास्थ्य शाखाले जनाएको छ । Read More…
बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख खड्का लुकाएको खोप सहित पक्राउ
झापा, साउन १५ । झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वस्थ्य प्रमुख नै फेला परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र दिने गरेको गुनासो भइरहेका Read More…
मेचीनगरमा मंगलबार २ हजार ३६० जनाले भेरोसेल खोप लगाए
मेचीनगर, श्रावण १२ । मेचीनगरमा सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपलब्ध गराएको भेरोसेल खोप आजदेखि लगाइएको छ । आज पहिलो दिन नै दुई हजारबढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसिल खोप लगाएको मेचीनगर ४ का वडाध्यक्ष एवम् मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए । नगरले ६ वटा खोप केन्द्र मार्फत Read More…
मेचीनगरमा कोभिड–१९ विरुद्ध भेरोसेलको पहिलो डोज आजदेखि लगाइने
मेचीनगर, श्रावण १२ । मेचीनगरमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेलको पहिलो डोज मंगलबार (आज)बाट लगाइने भएको छ । मेचीनगरमा रहेका साबिककै खोप केन्द्रहरुबाट खोप लगाइने नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । झापामा प्राप्त भएका ६२ हजार बढी डोजमध्ये मेचीनगरमा सबैभन्दा बढी ८ हजार ७ सय १६ डोज उपलब्ध भएको छ । नगर स्वास्थ्य शाखाका Read More…










