काठमाडौँ, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमितको Read More…
स्वास्थ्य
झापामा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक जनाको मृत्यु
झापा, जेठ २२। झापाको कचनकवल गाँउपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल ६ का ४० बर्षीय डोलु आलम मिया रहेका छन् । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएका आलम कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका थिए । उनको Read More…
श्रीमान् श्रीमती नै स्वास्थ्य मन्त्री
काठमाडौं, जेठ २२ । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ र प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री उषाकला राई श्रीमान् श्रीमती हुन् । यी दुबैलाई एकै पटक मन्त्री हुने अवसर जुरेको छ, त्यो पनि स्वास्थ्य मन्त्री । श्रीमान् केन्द्रिय स्वास्थ्य मन्त्री भएका छन् भने श्रीमती प्रदेश स्वास्थ्य मन्त्री । उषाकला दुई महिना अगाडि Read More…
मेचीनगरमा ५६ सहित झापामा थप २८५ जना संक्रमित थपिए
मेचीनगर, जेठ २१ । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २८५ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ३ जना छन् । जसमा सिरहा स्थित कजेना गाउँपालिकाका ७८ वर्षीय पुरुष, पथरीका ६९ वर्षीय पुरुष र उर्लाबारीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । उनका अनुसार आज ९२ महिलासहित २८५ Read More…
लिचीको दाना अड्किएर बालकको मृत्यु
कञ्चनपुर, जेठ २० । कञ्चनपुरको भीमदत्त नगरपालिकामा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–५ का छ महिने बालक वीरेन्द्र चन्द रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर बालकको मृत्यु भएको बताए । “खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर Read More…
खेलकुद पत्रकार मञ्च झापाद्वारा महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री
झापा, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । मञ्चले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो । खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र Read More…
विवेकशील साझा पार्टीका नेता थापाको निधन
काठमाडौं, जेठ १८ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार नेता थापाको निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि नेता थापालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यावस्था गम्भीर बनेपछि थप उपचारका लागि टोखास्थित ग्राण्डी अस्पताल रेफर गरिएको थियो Read More…
मेचीनगर ८ वडा कार्यालयद्वारा संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ
मेचीनगर, जेठ १८ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधि यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्ने गरेका छन् । स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे अहिले घर घरमा पुगेर औषधी, खाद्यान्नलगायत सहयोग पुर्याइरहेका छन् । वडाले यसैबीच मंगलबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ Read More…
मेचीनगरमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु
मेचीनगर, जेठ १८ । मेचीनगरमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मेचीनगर–१० स्थित टिकापुर रिङरोड नजिकैका ५६ वर्षीय पुरुषको मंगलबार विहान १० वजे भद्रपुर स्थित मेची अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिका कोभिड संयोजक नबिन बरालले बताए । उनको जेठ ९ गते एन्टिजेन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको आज Read More…
मेचीनगरमा अब आइतबार र बुधबार नि:शुल्क स्वाब संकलन
मेचीनग, जेठ १८ । झापाको मेचीनगर नगरपालिकाले अब साताको दुई दिन नगरबासीको नि:शुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ । नगरमा कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलने क्रम जारी रहेपछि साताको हरेक आइतबार र बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने भएको नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत एवम् कोभिड संक्रमण नियन्त्रण कार्यदल सचिव Read More…










